logo
२०८१ मंसिर ७ शुक्रवार



बङ्गलादेश विरुद्ध पुरुष भलिबलमा नेपालको संघर्षपूर्ण हार

खेलकुद |


बङ्गलादेश विरुद्ध पुरुष भलिबलमा नेपालको संघर्षपूर्ण हार
तस्विरःसागर बस्नेत


गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर ११ गते । तेह्रौं दक्षिण एसियाली खेलकुद(साग) अन्तगर्त पुरुष भलिबल विधाको पहिलो खेलमा नेपालले हार बेहोरेको छ । सुरुको चार सेट २–२ को बराबरीमा सकिएपछि निर्णयको लागि खेल पाँचौं सेटमा गएको थियो । अन्तिम तथा निर्णायक सेटमा बङ्गलादेशले १५–१२ ले जित हात पारेपछि नेपाली पुरुष टोलीले ३–२ ले हार बेहोर्यो ।
भलिबलको नियम अनुसार तीन सेटमा विजेताको टुंगो नलागेपछि खेल चौथो सेटमा जानेछ । चार सेटमध्ये तीन सेट जित हात पार्ने टोली विजेता घोषित हुनेछ । यद्दपी नेपाल र बंगालादेश दुबै टोलीले दुई दुई सेट बराबरी खेलेपछि खेल पाँचौं सेटसम्म पुगेको हो । पाँचौं सेटमा सुरुमा १५ अंक बटुल्ने टोली उक्त सेटको विजेता घोषित हुने व्यवस्था गरिएको छ। पाँचौं सेटमा ९–१४ ले पछाडि परेको नेपालले लगातार तीन अङ्क जोडेर १२–१४ को अवस्थामा लग्दै खेलमा वापसी गरेको थियो । बङ्गलादेशले अन्ततः १२–१५ ले पाँचौं सेटमा जित निकाल्दै खेल ३–२ ले आफ्नो पक्षमा पार्यो । हारसँगै नेपालको सेमीफाइनलको यात्रा भने कठीन हुने भएको छ । समूहगत् चरणको दोस्रो खेलमा नेपालले भारतको सामना गर्नेछ । 
महिला भलिबलमा बङ्गलादेशलाई ३–० को सोझो सेटमा सहजरुपमा पराजित गरेको नेपालले पुरुष भलिबलमा भने संघर्षपूर्ण हार बेहोरेको हो ।
पहिलो सेटमा २५–२१ ले जित हात पारेको नेपालले दोस्रो सेट भने २३–२५ ले गुमाउन पुग्यो । तेस्रो सेटमा वापसी गर्दै नेपालले २५–१९ को संघर्षपूर्ण जित निकाल्न सफल भयो । तीन सेटमा जित हारको टुंगो नलाग्दा निर्णयका लागि खेल चौथो सेटमा पुगेको थियो । चौथो सेटमा बङ्गलादेशले वापसी गर्दै जित हात पार्दा खेल पाँचौं सेटमा पुगेको थियो । चौथो सेट बङ्गलादेश २६–२४ ले जित हात पार्यो । २–२ को बराबरी भएपछि खेल पाँचौं सेटमा पुगेको हो । खेल अवधिको पाँचौं सेटमा दुबै टोलीबीच अत्यन्तै रोमाञ्चक स्पर्धा हुन गयो ।
सुरुदेखि नै अत्यन्तै रोमाञ्चक बनेको चौथो सेटमा नेपाल र बङ्गलादेश दुबै टोलीले सेटको मध्यसम्म एक अर्कालाई उछिन्दै अगाडि बढेको थियो । अन्तिम तथा निर्णायक पाँचौं सेटमा नेपालले सुरुदेखि नै कमजोर प्रदर्शन गर्दा बङ्गलादेश विरुद्धको खेलमा हार बेहोर्न पुग्यो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?