logo
२०८१ मंसिर ७ शुक्रवार



सागको मुखमा फिफा वरियता क्रममा नेपाल तीन स्थान झर्यो

खेलकुद |


सागको मुखमा फिफा वरियता क्रममा नेपाल तीन स्थान झर्यो


गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर १२ गते । अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च निकाय फिफा वरियता क्रममा नेपाल तीन स्थान तल झरेको छ । नयाँ वरियता क्रम जारी हुनु अघि १६७ औं स्थानमा रहेको नेपाल १७० औं स्थानमा झरेको हो ।
विश्वकप फुटबल छनोटका खेलहरुमा नेपालले लगातार बेहोरेको हारको असर फिफा वरियता क्रममा देखिएको छ । नेपालमाथि विश्वकप छनोट खेलमा लगातार दुई पटक जित हात पारेको कुवेत भने ९ स्थान माथि उक्लेको छ । साबिकमा १५६ औं स्थानमा रहेको कुवेत नयाँ वरियता क्रममा १४७ औं स्थानमा उक्लेको छ । मङ्सिर ३ गते विश्वकप छनोटको पछिल्लो खेलमा नेपालमाथि कुवेतले १–० को जित हात पारेको थियो ।
दक्षिण एसियाली राष्ट्रहरुमा नेपालभन्दा तल बङ्गलादेश १८७ औं स्थानमा रहेको छ । बङ्गलादेश पनि तीन स्थान तल झरेको हो । भुटान र पाकिस्तानको वरियता क्रममा भने कुनै फेरबदल भएको छैन् । भुटान साबिककै १८९ औं स्थानमा यथावत छन् । पाकिस्तान पनि २०१ औं स्थानमा यथावत छन् । अर्का दक्षिण एसियाली राष्ट्र श्रीलङ्का पनि दुई स्थान तल झरेको छ । ऊ नयाँ वरियता क्रममा २०५ औं स्थानमा आइपुगेको हो । वरियता क्रममा कुल २१० राष्ट्र सहभागी छन् ।
दक्षिण एसियाली खेलकुद सागमा यसपटक सहभागी हुन नसकेको अफगानिस्तानले पनि केही गुमाएको छैन् । ऊ नयाँ वरियता क्रममा पनि १४९ औं स्थानमा छन् । उता दक्षिणी छिमेकी राष्ट्र भारत पनि वरियता क्रममा दुई स्थान तल झरेको छ । ऊ १०८ औं स्थानमा पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?