एजेन्सी
काठमाडौं, मङ्सिर १३ गते । वेष्टइन्डिजले अफगानिस्तान विरुद्धको एक मात्रै टेष्ट म्याचमा ९ विकेटले जित हात पारेको छ । अफगानिस्तानले प्रस्तुत गरेको ३१ रनको लक्ष्य वेष्टइन्डिजले एक विकेटको क्षतिमा ३३ रन बनाएर पुरा गरेको हो ।
भारतको लखनऊमा वेष्टइन्डिजले खेलको तेस्रो दिनमै अफगानिस्तानमाथि जित हात पारेको हो । वेष्टइन्डिजका लागि जोन क्याम्पवेल १९ र शाई होपले अविजित रहँदै ६ रनको योगदान दिनुभयो । ओपनर क्रैग ब्रेथवैट आठ रन बनाएर पेभेलियन फर्किनुभयो ।
यसअघि अफागानिस्तानले आफ्नो पहिलो पारीमा १ सय ८७ रन बनाएको थियो । जवाबमा वेष्टइन्डिजले पहिलो पारीमा ९० रनको अग्रता लिदै २ सय ७७ रनमा समेटिएको थियो । अफगानिस्तानले दोस्रो पारीमा १ सय २० रनमा समेटिएपछि वेष्टइन्डिजले ३१ रनको लक्ष्य पाएको हो ।
वेष्टइन्जिका लागि पहिलो पारीमा सात तथा दोस्रो पारीमा तीन विकेट लिनुभएका रखिम कोर्नवाल खेलको म्यान अफ द् म्याच घोषित हुनुभयो ।