logo
२०८१ मंसिर ११ मंगलवार



भारत साग पुरुष भलिबलको फाइनलमा

खेलकुद |


भारत साग पुरुष भलिबलको फाइनलमा



गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर १५ गते । भारत १३ औं दक्षिण एसियाली खेलकुद(साग) अन्तगर्त पुरुष भलिबलको फाइनलमा पुगेको छ । अत्यन्त रोमाञ्चक स्पर्धामा भारतले श्रीलङ्कामाथि ३–१ को जित हात पार्यो ।
त्रिपुरेश्वरस्थित राखेप परिसरको कभर्ड हलमा सम्पन्न पुरुष भलिबलको पहिलो सेमीफाइनल खेलमा भारतलाई श्रीलङ्काले चारवटै सेटमा कडा चुनौती दिएको थियो । भारतले श्रीलङ्कामाथि पहिलो सेटमा २५–२७, दोस्रो सेटमा १९–२५ गरी २–० को अग्रता लिएपनि तेस्रो सेटमा २१–२५ ले पछि पर्यो । खेलको नतिजा टुंग्याउन खेल चौथो सेटमा गएको थियो ।
चौथो सेटमा पनि सुरुदेखि नै भारतलाई पछ्याएको श्रीलङ्का २१ अङ्कमा रोकिदा भारत २५ अङ्क पुर्याएर खेल ३–१ ले जित्यो । जितसँगै भारतले स्वर्ण पदकको होडमा स्थान सुनिश्चित गरेको छ ।
दोस्रो सेमीफाइनल खेलमा बङ्गलादेशले पाकिस्तानको सामना गर्दैछ । दुई टोलीबीचको विजेताले स्वर्ण पदकको लागि भारतसँगको स्पर्धा सुनिश्चित गर्नेछ । स्वर्ण पदकका लागि मङ्गलबार दुई टोलीबीच स्पर्धा हुनेछ । तेस्रो स्थानको लागि सोमबार अपरान्ह दुई बजे स्पर्धा हुनेछ ।
नेपाल भने लिग चरणको आफ्नो दुईटै खेलमा भारत र बङ्गलादेश विरुद्ध हार बेहोरेर सागबाट बाहिरिसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?