गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर १५ गते । तेह्रौं दक्षिण एसियाली खेलकुद साग अन्तगर्त पुरुष भलिबलमा स्वर्ण पदकको लागि भारत र पाकिस्तानबीच स्पर्धा हुने भएको छ । आइतबार सम्पन्न सेमीफाइनल खेलमा भारतले श्रीलङ्कामाथि ३–० को सोझो सेटमा जित हात पार्दै स्वर्ण पदकको होडका लागि स्थान सुनिश्चित गरेको छ । त्यस्तै अर्को सेमीफाइनल खेलमा पाकिस्तानले बङ्गलादेशमाथि ३–० को जित हात पार्दै भारतसँगको भेट सुनिश्चित गरेको हो । स्वर्ण पदकका लागि दुबै टोलीले मङ्गलबार स्पर्धा गर्नेछन् ।
त्रिपुरेश्वरस्थित राखेप परिसरको कभर्ड हलमा सम्पन्न पहिलो सेमीफाइनल खेलमा भारतले श्रीलङ्कामाथि २५–२७, २५–१९ र २५–२१ को जित हात पार्यो । तीन सेटमा श्रीलङ्काले भारतमाथि दबाब सृजना गर्दै कडा चुनौती दिएपछि एउटै सेटमा अग्रता भने कायम गर्न सकेनन । र श्रीलङ्का स्वर्ण पदकको होडबाट बाहिरियो ।
दोस्रो सेमीफाइनल खेलमा पाकिस्तानले बङ्गलादेशमाथि २५–१५, २५–२१ र २६–२४ को सोझो सेटमा जित हात पार्यो । सेमीफाइनलबाट बाहिरिएको बङ्गलादेश र श्रीलङ्काबीच कास्य पदकका लागि सोमबार स्पर्धा हुनेछ ।