logo
२०८१ मंसिर ७ शुक्रवार



महिला क्रिकेट : बंगलादेश ७ विकेटले विजयी

खेलकुद |


महिला क्रिकेट : बंगलादेश ७ विकेटले विजयी


तारा चापागाई दुवे
कास्की, मंङ्सिर १७ गते । १३ औं दक्षिण एशियाली महिला क्रिकेट प्रतियोगितामा बंगलादेशले विजयी शुरुवात गरेको छ । पोखरा रंगशालामा मंगलबार भएको खेलमा बंगलादेशले श्रीलंकालाई ७ विकेटले पराजित गरेको हो ।
टस हारेपछि व्याटिङमा आएको श्रीलंकाले पुरै २० ओभर खेलेर ६ विकेटको क्षतिमा १ सय २२ रनको योगफल तयार पारेको थियो । श्रीलंकाको तर्फबाट यु थिमासिनीले ५६ रनको पारी खेल्नु भयो । ४९ बलको सामना गर्नु भएकी उहाँले ४ छक्का र ५ चौका प्रहार गर्नु भएको थियो ।
क्याप्टेन एच माधवीले ३० बलमा १ छक्का र २ चौका प्रहार गर्दै ३३ रन बनाउनु भयो । त्यस्तै एस संदिपनीले १२ रन जोडनु भएको थियो भने बंगलादेशले अतिरिक्त ७ रन दिएको थियो । बंगलादेशको बलिङ्गमा नहिदा अख्तरले ४ तथा जहनर आलमले १ विकेट लिनुभयो ।
१ सय २३ रनको लक्ष्य पछ्याएको बंगलादेशले १८.२ ओभरमा ३ विकेट गुमाएर विजयी लक्ष्य पार गरेको थियो । बंगलादेशको तर्फबाट संजिदा इस्लामले अभिजित ५१ तथा आयसा रहमानले २९ रनको महत्वपूर्ण योगदान दिनु भयो ।
संजिदाले ४५ बलमा ८ चौका प्रहार गर्नु भयो भने आयसाले २ चौका प्रहार गर्नु भएको थियो । खेलको अन्तिम तिर ब्याटिङमा आएकि फरगंगा हकले अभिजित रहँदै २३ रन बनाउनु भयो । मात्रै १८ बलको सामना गर्नु भएको उहाँले १ छक्का १ चौका प्रहार गर्नुभयो ।
श्रीलंकन बलरहर यु थिमासिनी, एस निसानसला र थारिक सिवान्डीले समान एक–एक विकेट लिनु भयो । खेलमा बंगलादेशकि संजिदा प्लेयर अफ द म्याच हुनु भयो । नेपाल क्रिकेट संघका सदस्य ऋषि गौतमले उहाँलाई ट्रफि प्रदान गर्नु भएको थियो ।
खेलपछि प्रतिक्रिया दिंदै बंगलादेशी कप्तान सलमान खातुनले क्रिकेटका लागि पोखराको वातावरण निकै राम्रो भएको बताउँदै पहिलो खेलमा आफ्ना खेलाडीहरुको प्रर्दशन चित्त बुझ्दो भएको बताउनु भयो । श्रीलंकाकी कप्तान हर्षिताले वलिङ र फिल्डीङमा अझै सुधारको खाँचो रहेको औल्याउनु भयो ।
प्रतियोगिता अन्तर्गत बुधबार विहान ९ बजे नेपाल र बंगलादेशविच तथा दिउँसो १ बजे श्रीलंका र माल्दिभ्सविच प्रतिस्पर्धा हुनेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?