logo
२०८१ मंसिर ७ शुक्रवार



नेपाली महिला टोली १० विकेटले पराजित

खेलकुद |


नेपाली महिला टोली १० विकेटले पराजित


गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर १८ गते । नेपालले तेह्रौं दक्षिण एसियाली खेलकुद(साग) अन्तगर्त महिला टी ट्वान्टी क्रिकेट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा बङ्गलादेशबाट हार बेहोरेको छ । बङ्गलादेशले नेपाललाई १० विकेटको फराकिलो अन्तरले हराएको छ ।
लिग चरणमा नेपालले तीन म्याचमा स्पर्धा गर्नेछ । माल्दिभ्समाथि जित हात पारेको बङ्गलादेशबाट हार बेहोर्दा दुई अङ्कसहित दोस्रो स्थानमा छ । बङ्कलादेशले भने दुई खेलमध्ये दुबै जितेर चार अङ्कसहित शिर्ष स्थानमा छन् । श्रीलङ्का र माल्दिभ्सले खेलेको एक एक खेलमा हार बेहोरेको छ । नेपालले आफ्नो अन्तिम खेलमा अब श्रीलङ्काको सामना गर्नेछन् । श्रीलङ्कासँगको स्पर्धाले नेपालको फाइनल यात्रा तय हुनेछ । लिगमा शिर्ष दुई स्थानमा रहने टोलीले स्वर्ण पदकको लागि स्पर्धा गर्नेछ ।
पोखरामा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको ५१ रनको लक्ष्य बङ्गलादेशले सहजै भेटायो । सात ओभर ४ बल खेलेर बङ्गलादेशले उक्त लक्ष्य भेटायो । उसको पारीमा मुर्शिदा खातुनले २३ र आयशा रहमानले २६ रन बनाएर अविजित रहनुभयो । माल्दिभ्स विरुद्ध छ विकेट लिएर विश्व कीर्तिमान बनाउनुभएकी अञ्जली चन्दले एक ओभर बलिङ्ग गरेपनि तीन रन खर्चेर विकेटविहीन बन्न पुग्नुभयो ।
यसअघि पोखरमा टस हारेर पहिलो ब्याटिङ्ग गर्ने निम्ता पाएको नेपालले १९ ओभर दुई बलमा ५० रनमा समेटिन पुग्यो । नेपालका लागि सोनु खडकाले १२, रुबिना बेलबासीले १३ तथा इन्दु बर्माले १० रन बनाउनुभयो । नेपाली पारीमा पाँच जना ब्याट्सविमन खाता समेत खोल्न सक्नुभएन ।
बङ्गलादेशी बलरमा रबिया खानले सर्वाधिक चार तथा फहिमा खातुन, नहिदा अख्तर र सलमा खातुनले एक एक विकेट लिँदा जहानरा आलमले दुई विकेट लिनुभयो । रबिया खेलको विमन द् म्याच घोषित हुनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?