logo
२०८१ मंसिर ७ शुक्रवार



श्रीलङ्का विरुद्ध हारसँगै नेपाली महिला स्वर्णको स्पर्धाबाट बाहिरियो

खेलकुद |


श्रीलङ्का विरुद्ध हारसँगै नेपाली महिला स्वर्णको स्पर्धाबाट बाहिरियो
तस्बिर : तारा चापागाइ दुबे


गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर २० गते । नेपाली महिला क्रिकेट टोली दक्षिण एसियाली खेलकुद(साग)मा स्वर्ण पदकको स्पर्धाबाट बाहिरिएको छ । साग महिला क्रिकेट अन्तगर्त श्रीलङ्का विरुद्धको खेलमा ३९ रनले पराजित भएसँगै नेपाली टोली अङ्कतालिकामा तेस्रो स्थानमा पुगेको छ । पहिलो स्थानको बङ्गलादेश र दोस्रो स्थानको श्रीलङ्काबीच स्वर्ण पदकको लागि स्पर्धा हुनेछ ।
पोखरामा सम्पन्न महिला क्रिकेटको आफ्नो तेस्रो खेलमा नेपालले ३९ रनले पराजय बेहोर्नुपर्यो । श्रीलङ्काले प्रस्तुत गरेको ११९ रनको लक्ष्य पछ्याउँदै नेपाल पुरा २० ओभर खेलेपनि ९ विकेटको क्षतिमा ७७ रन मात्रै बनाउन सक्यो । नेपालका लागि कुनै पनि ब्याट्सविमनले संयमित पारी खेल्न सक्नुभएन । रुबिना क्षेत्री बेल्बासीले बनाउनुभएको १९, करुणा भण्डारीले १२ र अप्सरी बेगमले ११ रनको योगदान दिनुभयो ।
श्रीलङ्काका लागि सचिनि निसन्सलाले तीन तथा उमेशा थिमासिनिले दुई तथा मल्शा रणथुङ्गाले एक विकेट लिनुभयो ।
यसअघि टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको श्रीलङ्काले २० ओभरमा ७ विकेटको क्षतिमा एक सय १८ रनको औसत योगफल तयार गरेको थियो । श्रीलङ्काका लागि जनादि अनालीले ३५ तथा लिहिनि अप्सराले ३७ रनको उत्कृष्ट पारी खेल्नुभयो । सथ्या सन्दीप्नीले २२ तथा कप्तान हर्षिता माधवीले १६ रनको योगदान दिनुभयो ।
नेपाली बलरहरुमा सरस्वती कुमारी र सुमन खडकाले सामान दुई र अञ्जली चन्दले एक विकेट लिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?