logo
२०८१ मंसिर ७ शुक्रवार



किरणसिंहलाई ४२ कि.मि. म्याराथनमा स्वर्ण

खेलकुद |


किरणसिंहलाई ४२ कि.मि. म्याराथनमा स्वर्ण
तस्विर - विकास द्वारे


गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर २१ गते । नेपालले तेह्रौं दक्षिण एसियाली खेलकुदको म्याराथनमा स्वर्ण पदक जितेको छ । नेपाली धावक किरणसिंह बोगटीले नेपाललाई ४२ किलोमिटर म्याराथनमा स्वर्ण पदक जित्नुभएको हो ।
तेह्रौं दक्षिण एसियाली खेलकुद साग अन्तगर्त शनिबार बिहान काठमाडौंको दशरथ रंगशालाबाट सुरु भएको ४२ किलोमिटर म्याराथन बोगटीले दुई घण्टा २१ मिनेट १७ सेकेण्डमा पुरा गर्नुभयो । भारतीय धावक रास्पाल सिंहले उक्त दूरी पार गर्न दुइ घण्टा २१ मिनेट ५७ सेकेण्ड लगाउनुभयो । उहाँ रजत पदक जित्नुभयो । त्यसैगरी अर्का भारतीय धावक श्री सिंह दुई घण्टा २२ मिनेट ७ सेकेण्ड लगाएर तेस्रो हुँदै कास्य पदक जित्नुभयो । नेपालकै अर्का धावक होमलाल श्रेष्ठले दुई घण्टा २४ मिनेट ३१ सेकेण्ड लगाएर चौथो हुनुभयो ।
बोगटीले स्वर्ण पदक दिलाउनु भएपनि धावक वैकुण्ठ मानन्धरको कीर्तिमान भने भङ गर्न सक्नुभएन । मानन्धरले सन् १९८७ को सागमा ४२ किलोमिटरको म्याराथन मात्र दुई घण्टा १५ मिनेटर तीन सेकेण्डमा पुरा गरेर स्वर्ण जित्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?