logo
२०८१ मंसिर ७ शुक्रवार



पुरुष क्रिकेटको स्वर्ण बङ्गलादेशलाई

खेलकुद |


पुरुष क्रिकेटको स्वर्ण बङ्गलादेशलाई


गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर २३ गते । बङ्गलादेशले तेह्रौं दक्षिण एसियाली खेलकुद सागको पुरुष क्रिकेट विधाको स्वर्ण जितेको छ । फाइनलमा श्रीलङ्कालाई सात विकेटको भारी अन्तरले पराजित गर्दै उसले स्वर्ण जितेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा सोमबार सम्पन्न खेलमा श्रीलङ्काले प्रस्तुत गरेको १२३ रनको लक्ष्य बङ्गलादेशले खेल सकिन ११ बल बाँकी छँदै मात्र तीन विकेटको क्षतिमा पुरा गर्यो । कप्तान नज्मल होस्सैन शान्टोले अविजित रहँदै ३५ रनको योगदान दिनुभयो । अफिफ होस्सैन ५ रनमा अविजित रहनुभयो । ओपनर सैफ हस्सन र सौम्य सरकारले पहिलो विकेटका लागि ४४ रनको साझेदारी गर्दै बङ्गलादेशलाई राम्रो सुरुवात दिनुभएको थियो ।
यसअघि टस हारेर पहिला ब्याटिङ्ग गर्ने निम्ता पाएको श्रीलङ्काले २० ओभरमा १२२ रनको औसत योगफलमा समेटियो । श्रीलङ्काका लागि शम्मु एशनले बनाउनुभएको २५ रन नै सर्वाधिक ब्यक्तिगत योगफल रहन गयो । ओपनर पथुन निस्सङ्का २२ रनमा रन आउट हुनुभयो । बङ्गलादेशका लागि हसन महमुदले सर्वाधिक तीन विकेट लिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?