गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर २३ गते । नेपालले तेह्रौं दक्षिण एसियाली खेलकुद(साग)को बक्सिङ्ग विधामा अर्को स्वर्ण जितेको छ । भुपेन्द्र थापाले ६४ किलो तौल समूहमा स्वर्ण पदक जित्नुभएको हो ।
ललितपुरमा सम्पन्न बक्सिङ्गको ६४ किलो पुरुष तौल समूहमा नेपालका भूपेन्द्र थापाले भारतका बक्सर मनिष कौशिकलाई पराजित गर्नुभयो । भुपेन्द्रको स्वर्णसँगै नेपालले सोमबार नै बक्सिङ्ग विधामा दुईवटा स्वर्ण जितेको छ । महिला ५४ किलो तौल समूहमा मीनु गुरुङ्गले यसअघि नेपाललाई ४६ औं स्वर्ण दिलाउनुभएको थियो ।