logo
२०८१ मंसिर ७ शुक्रवार



आर्चरीमा १० वटै स्वर्ण बंगलादेशको पोल्टामा, नेपाललाई एक रजतसहित ३ पदक

खेलकुद |


आर्चरीमा १० वटै स्वर्ण बंगलादेशको पोल्टामा, नेपाललाई एक रजतसहित ३ पदक



तारा चापागाईं दुबे
कास्की, मङ्सिर २३ गते । १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्र्तगत पोखरामा सोमबार सम्पन्न भएको आर्चरी खेलमा बंगलादेशले १० वटै स्वर्ण पदक हात पार्न सफल भएको छ । पोखरा रंगशालाको आर्चरी खेल मैदानमा भएको खेलमा बंगलादेशले आर्चरी तर्फ एकल तथा टिम तर्फको इभेण्टमा सबै स्वर्ण पदक हात पारेको हो ।

सोमबार भएको रिकर्भ महिला तथा पुरुष तर्फ बंगलादेशले स्वर्ण पदक हात पार्न सफल हुँदा कम्पाउण्ड तर्फको महिला तथा पुरुष तर्फ पनि स्वर्ण पदक हात पार्न सफल भएको हो । सोमबारको खेलमा रिकर्भ पुरुष तर्फको खेलमा बंगलादेशका विश्व बरियातामा १० आंैं भित्र पर्ने उत्कृष्ट खेलाडी एमआर सानाले भुटानका छिरिङ केन्लीलाई पराजित गर्दै स्वर्ण हात पार्नुभयो । सोही इभेण्टको महिला तर्फ बंगलादेशकी १४ वर्षकी उदयमान खेलाडी आतुन एमएसटी इटिवाईले भुटानकी डिमा सोनामलाई पराजित गर्दै स्वर्ण पदक हात पार्नुभयो । रिकर्भ एकल पुरुष तर्फ श्रीलंकाले कास्य पदक हात पा¥यो । श्रीलंकाका डिई शिल्भा एमएसले भुटानका स्लामा मोहमदलाई पराजित गर्दै कास्य पदक जित्दा सोही इभेण्टको महिला तर्फ बंगलादेशकी मोनिरा मोहानाजले भुटानकी कर्मालाई पराजित गर्दै कास्य पदक जित्नुभयो । कर्मा ओलम्पिकमा छनौट भएकी खेलाडी हुनुहुन्छ ्।

त्यसैगरी कम्पाउण्ड एकल पुरुष तर्फ बंगलादेशका राना एमडी सोहीलले दोर्जे तेण्डीङलाई पराजित गर्दै स्वर्ण पदक हात पार्न सफल हुनुभयो । कास्य पदकको लागि भएको खेलमा बंगलादेशका दास असिम कुमारले श्रीलंकाका वासान्त कुमारलाई पराजित गरी कास्य पदक जित्नुभएको हो । सोही इभेण्टको महिला तर्फ बंगलादेशकी विश्वास सुमाले श्रीलंकाकी करुणारेन्टी अनुराधालाई पराजित गर्दै स्वर्ण पदक जित्नु भएको हो । । श्रीलंकाले यस बिधामा कास्य पदक हात पार्यो । श्रीलंकाकी दमयन्तीले बंगलादशेकी बनिक सुस्मितालाई पराजित गर्दै कास्य पदक जित्नु भएको हो ।
आइतबार ६ वटा स्वर्ण पदकको छिनोफानो लाग्दा ६ वटा स्वर्ण पदक माथि बंगलादेशले एक्लौटि ढंगले बर्चश्व जमाउन सफल भएको थियो । बंगलादेशले कम्पाउण्ड महिला तथा पुरुष, रिकर्भ महिला तथा पुरुष र रिकर्भ मिक्स तर्फ स्वर्ण पदक हात पार्न सफल भएको हो ।

बंगलादशेका प्रमुख प्रशिक्षक मार्टिनले आफुहरुले सागको लागि ६ महिनादेखि बन्द प्रशिक्षण गरेको धेरै मेहनत गरेकोले उत्कृउष्ट नतिजा आएको बताउनु भयो । दुई वर्ष देखि बंगालादेशको टिम प्रशिक्षण गराउँदै आएको बताएका उहाँले आफुहरुसँग वल्र्ड च्याम्पियनशिपमा कास्य पदक विजेता साना, कक्षा ८ मा अध्यनरत १४ वर्षकी खातुन जस्ता उदयमान खेलाडीले प्रशिक्षण गराए अनुसार उत्कृष्ट प्रदर्शन गरेको जनाउनुभयो ।

१२ औं सागमा कास्य पदक मात्र हात पार्न सफल भएको नेपालले घरेलु मैदानमा भने रजत पदकसम्म हात पार्न सफल भयो । सागमा सहभागि राष्ट्र मध्य प्रमुख दाबेदारको रुपमा भारतलाई मानिए पनि यस पटक भारत सहभागी नहँुदा अधिकांश पदक बंगलादेशले हात पार्न सफल भयो । नेपालले आर्चरीको खेल सामाग्री समयमै उपलब्ध हुन नसक्दा सोचे अनुरुप स्वर्ण पदक ल्याउन नसकिएको आर्चरी प्रशिक्षक वसन्त थकालीले बताउनुभयो ।

विजेता खेलाडीहरुलाई गण्डकी प्रदेशका सांसदद्वय मोहन रेग्मी, दीपक कोइराला, राखेप सदस्य राजेश कुमार गुरुङ, नेपाल आर्चरी संघका अध्यक्ष दीपक गुरुङ लगायतले पुरस्कार वितरण गर्नु भएको थियो । नेपालले एक रजत, २ कास्य सहित तीन पदक प्राप्त गर्न सफल भयो । नेपालले कम्पाउण्ड (५० मिटर) मिक्स तर्फ रजत पदक प्राप्त गरेको हो । नेपालसहित ४ देश सहभागी खेलमा अन्तिम समयमा आएर पाकिस्तान सहभागी नहुने जनाएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?