logo
२०८१ मंसिर ७ शुक्रवार



नेपाललाई ५० औं स्वर्ण बक्सिङ्गबाट

खेलकुद |


नेपाललाई ५० औं स्वर्ण बक्सिङ्गबाट
तस्बीर ः विकास द्वारे


गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर २४ गते । नेपालले तेह्रौं दक्षिण एसियाली खेलकुद सागमा ५० औं स्वर्ण जितेको छ । नेपालका लागि बक्सिङ्ग विधातर्फ सनिल शाहीले ६० किलो तौल समूहमा स्वर्ण जित्नुभएको हो । तेह्रौं सागमा बक्सिङ्ग विधातर्फ नेपालको यो तेस्रो स्वर्ण हो । उहाँले भारतीय खेलाडीलाई पराजित गरी स्वर्ण जित्न सफल हुनुभयो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?