गोरखापत्र अनलाइन
काठमाडौं, मंसिर २५ गते । सरकारले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा स्वर्ण पदक जित्न सफल भएका नेपाली खेलाडीलाई जनही नौलाख रुपैयाँ दिने भएको छ ।
आज बालुवाटारमा विजयी हुन सफल नेपाली खेलाडीलाई सम्मान गर्न आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले यस्तो घोषणा गर्नुभएको हो ।
स्वर्ण विजेता खेलाडीलाई जनही नौलाख, रजत जित्नेलाई छलाख र कास्य जित्नेलाई तीनलाख रुपियाँ दिने घोषणा गरिएको बक्सिङका स्वर्ण विजेता सनिल शाही खड्गीले जानकारी दिनुभयो ।
तस्बिर– सुजन गुरुङ (गोरखापत्र)