एजेन्सी
काठमाडौं, मङ्सिर २९ गते । अष्ट्रेलिया विरुद्धको पहिलो टेष्ट म्याचमा न्युजिल्याण्डमाथि हारको खतरा बढेको छ । चौथो दिनको खेल जारी रहँदा न्युजिल्याण्डले पाँच विकेट गुमाउँदा मात्र १५२ रनको योगफल जोडन सकेको छ । पर्याप्त समय हुँदाहुँदै पाहुना टोलीलाई खेल जित्न ३१६ रनको आवश्यकता रहेको छ भने उसको पाँच विकेट बाँकी मात्रै रहेको छ ।
पर्थमा अष्ट्रेलियाले प्रस्तुत गरेको ४६८ रनको विशाल लक्ष्य पछ्याउँदै न्युजिल्याण्डले चौथो दिनको खेलमा पाँच विकेट गुमाएर मात्र १५२ रन जोडन सकेको छ । न्युजिल्याण्डको लागि कुनै पनि ब्याट्सम्यानले संयमित पारी खेल्न सकेको छैन् । विशाल लक्ष्य पछ्याउने क्रममा ९८ रनमै पाँच विकेट गुमाएको न्युजिल्याण्डलाई जेम्स वाटलिङ्ग र कोलीन डे ग्राण्डहमले ५४ रनको साझेदारी गर्नुभएको छ । वाटलिङ्गले ३९ र ग्राण्डहमले ३३ रन बनाएर अविजित हुनुहुन्छ ।
अष्ट्रेलियाका लागि नाथन लिओनले सर्वाधिक तीन तथा मिसेल स्टार्कले दुई विकेट लिनुभयो ।
यसअघि पर्थमा टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको अष्ट्रेलियाले पहिलो पारीमा ४१६ रनको योगफल तयार गरेको थियो । मार्नस लबुस्नेले १४३ तथा ट्राभिस हेडले ५६ रनको योगदान गरेसँगै अष्ट्रेलिया मजबूत स्थितिमा पुगेको थियो । न्युजिल्याण्डका लागि टिम साऊदी र नैल वाग्नरले सामान चार चार विकेट लिनुभयो । ग्राण्डहम र जित रावलले एक एक विकेट बाँड्नुभयो ।
जवाबमा न्युजिल्याण्ड आफ्नो पहिलो पारीमा मात्र १६६ रनमा समेटिन पुग्यो । रोस टेलरले बनाउनुभएको ८० रन नै न्युजिल्याण्डको सर्वाधिक ब्यक्तिगत् योगफल रहन गयो । अष्ट्रेलियालाई पहिलो पारीमा महत्वपूर्ण २५० रनको अग्रता दिलाउन मिसेल स्टार्कले सर्वाधिक पाँच तथा नाथन लिओनले दुई र जोश हयाज्लऊड, मार्नस लबुस्ने र प्याट् क्युमिन्सले सामान एक एक विकेट लिनुभयो ।
पहिलो पारीमा २५० रनको बढत लिएको अष्ट्रेलियाले आफ्नो दोस्रो पारी ९ विकेटको क्षतिमा २१७ रनमा घोषणा गर्दा न्युजिल्याण्डले ४६८ रनको लक्ष्य पाएको हो । अष्ट्रेलियाका लागि जोइ बन्र्स र मार्नस लबुस्नेले अद्र्धशतकीय पारी खेल्नुभयो ।
न्युजिल्याण्डका लागि टिम साऊदीले सर्वाधिक पाँच तथा नैल वाग्नरले तीन तथा ग्राण्डहमले एक विकेट लिनुभयो ।