logo
२०८१ मंसिर ८ शनिवार



अष्ट्रेलियाको न्युजिल्याण्डमाथि २९६ रनको जित

खेलकुद |


अष्ट्रेलियाको न्युजिल्याण्डमाथि २९६ रनको जित


एजेन्सी
काठमाडौं, मङ्सिर ३० गते । अष्ट्रेलियाले पहिलो टेष्टमा न्युजिल्याण्डमाथि २९६ रनको विशाल अन्तरको जित हात पारेको छ । जितसँगै तीन म्याचको टेष्ट श्रृखंलामा अष्ट्रेलियाले १–० को अग्रता लिएको छ । आइसीसी विश्व टेष्ट च्याम्पियनशिपको अङ्क तालिकामा भने उसले ४० अङ्क जोडेको छ । दोस्रो टेष्ट खेल आगामी डिसेम्बर २६ देखि सुरु हुनेछ ।
खेलको चौथो दिनमै अष्ट्रेलियाले प्रस्तुत गरेको ४६८ रनको लक्ष्य पछ्याउँदै न्युजिल्याण्ड मात्र १७१ रनमा समेटिदा न्युजिल्याण्डले ठूलो अन्तरको हार बेहोर्नुपर्यो । विशाल लक्ष्य पछ्याउने क्रममा न्युजिल्याण्डका कुनै पनि ब्याट्सम्यानले अद्र्धशतकीय पारी समेत खेल्न सकेनन ।
अष्ट्रेलियाका लागि नाथन लिओन र मिसेक स्टार्कले सामान चार चार तथा प्याट्ट क्युमिन्सले दुई विकेट लिनुभयो ।
यसअघि पर्थमा टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको अष्ट्रेलियाले पहिलो पारीमा ४१६ रनको योगफल तयार गरेको थियो । मार्नस लबुस्नेले १४३ तथा ट्राभिस हेडले ५६ रनको योगदान गरेसँगै अष्ट्रेलिया मजबूत स्थितिमा पुगेको थियो । न्युजिल्याण्डका लागि टिम साऊदी र नैल वाग्नरले सामान चार चार विकेट लिनुभयो । ग्राण्डहम र जित रावलले एक एक विकेट बाँड्नुभयो ।
जवाबमा न्युजिल्याण्ड आफ्नो पहिलो पारीमा मात्र १६६ रनमा समेटिन पुग्यो । रोस टेलरले बनाउनुभएको ८० रन नै न्युजिल्याण्डको सर्वाधिक ब्यक्तिगत् योगफल रहन गयो । अष्ट्रेलियालाई पहिलो पारीमा महत्वपूर्ण २५० रनको अग्रता दिलाउन मिसेल स्टार्कले सर्वाधिक पाँच तथा नाथन लिओनले दुई र जोश हयाज्लऊड, मार्नस लबुस्ने र प्याट् क्युमिन्सले सामान एक एक विकेट लिनुभयो ।
पहिलो पारीमा २५० रनको बढत लिएको अष्ट्रेलियाले आफ्नो दोस्रो पारी ९ विकेटको क्षतिमा २१७ रनमा घोषणा गर्दा न्युजिल्याण्डले ४६८ रनको लक्ष्य पाएको हो । अष्ट्रेलियाका लागि जोइ बन्र्स र मार्नस लबुस्नेले अद्र्धशतकीय पारी खेल्नुभयो ।
न्युजिल्याण्डका लागि टिम साऊदीले सर्वाधिक पाँच तथा नैल वाग्नरले तीन तथा ग्राण्डहमले एक विकेट लिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?