एजेन्सी
काठमाडौं, पुस १ गते । अष्ट्रेलियाले भारत विरुद्धको अन्तर्राष्ट्रिय एकदिवसिय टोलीबाट ग्लेन म्याक्सवेल र उसमान खवाजालाई ‘आउट’ गरेको छ । टेष्ट टोलीमा रहनुभएका मार्नस लबुस्नेलाई अन्तर्राष्ट्रिय एकदिवसिय टोलीमा बोलाइएको छ ।
क्रिकेट अष्ट्रेलियाले सोमबार घोषणा गरेको टोलीमा जोश हयाज्लऊड, सीन एबोट्ट, आश्टन टर्नर र आश्टन एगरले समेत वापसी गरेका छन् । राष्ट्रिय चयनकत्र्ता ट्रेभर हन्सले घरेलु क्रिकेटमा म्याक्सवेलको प्रदर्शनमा उहाँको अर्को यात्रा तय हुने प्रष्ट्याउनुभएको हो । म्याक्सवेलले विश्वकप क्रिकेट २०१९ मा २२ को औसतले मात्र १७७ रन बनाउनुभयो । घोषित टोलीमा शौन मार्स र मार्कस स्टोनिसले समेत स्थान बनाउन सकेनन ।
आरोन फिञ्च कप्तान रहने टोलीका सदस्यहरुमा एलेक्स केरी, प्याट्ट क्युमिन्स, पिटर हयान्ड्सकम्ब, केन रिचर्डसन, स्टिभ स्मिथ, मिसेल स्टार्क, देवीड वार्नर र एडम जाम्पा अटाएका छन् ।