logo
२०८१ मंसिर ८ शनिवार



चितवनका बाबरको अद्र्धशतकीय पारीमा पोखरामाथि छ विकेटको सहज जित

खेलकुद |


चितवनका बाबरको  अद्र्धशतकीय पारीमा पोखरामाथि छ विकेटको सहज जित


गोरखापत्र अनलाइन
काठमाडौं, पुस १ गते । चितवन राइनोजले बाबर हायतको विष्फोटक पारीमा पोखरा पल्टनमाथि छ विकेटको जित हात पारेको छ । शिर्षक्रमका ब्याट्सम्यानहरु सस्तोमै पेभेलियन फर्किएपनि बाबरको अविजित पारीमा चितवनले पोखरामाथि सहज जित पाउन सफल भयो ।
पोखरामा जारी प्रिमियर लिग क्रिकेट टी ट्वान्टी प्रतियोगिताको चौथो खेलमा पोखराले प्रस्तुत गरेको १०८ रनको सामान्य लक्ष्य चितवनले पाँच ओभरको खेल बाँकी छँदै मात्र चार विकेटको क्षतिमा १०८ रन बनाएर पुरा गर्यो । चितवनलाई जित दिलाउन बाबरले ६६ रनको पारी खेल्नुभयो । उहाँले आफ्नो पारीमा छ चौका र चार छक्का लगाउनुभयो । ओपनर रोहन मुस्तफा र अनिल साहको विकेट २६ रनमै गुमाएर दबाबमा आएको चितवनलाई बाबरले जितसम्म पुर्याउनुभयो ।
पाँचौं विकेटका लागि सन्नी पटेलले बाबरसँग अविजित अद्र्धशतकीय पारी खेल्नुभयो । पटेलले अविजित रहँदै २२ रनको योगदान दिनुभयो । अनिल साह डक आउट हुँदा मुस्तफाले ११ रन जोड्नुभयो । कप्तान पारस खड्का चार रनमै पेभेलियन फर्किदा आरिफ शेष पनि एक रन बनाएर सर्वजित लड्डाको शिकार भए ।
पोखराका लागि राशिद खान र सर्वजित लड्डाले सामान दुई दुई विकेट लिनुभयो ।
यसअघि टस हारेर पहिला ब्याटिङ्ग गर्ने निम्ता पाएको घरेलु टोली पोखराले २० ओभरमा १०७ रनमा समेटिएको थियो । पोखराका लागि मध्यक्रममा कप्तान शरद् भेषावकरले सर्वाधिक ४५ रनको पारी खेल्नुभयो । ३९ बलको सामना गर्दै उहाँले आफ्नो पारीमा तीन चौका र तीन छक्का लगाउनुभयो । कुशल भुर्तेल र आशिफ शेषको विकेट १९ रनमै गुमाएको पोखराको पारीलाई शरदले उकास्नुभयो । यद्दपी मध्यक्रम र पुछारका ब्याट्सम्यान संयमित पारी खेल्न नसक्दा ऊ १०७ रनको सामान्य योगफलमा समेटिन पुग्यो । कुशल मल्लले दोस्रो सर्वाधिक १३ रनको योगदान दिनुभयो ।
पोखरालाई सस्तोमै समेटन सन्नी पटेल, रोहन मुस्तफा र भुवन कार्कीले सामान दुई दुई विकेट लिनुभयो । करण केसी, विक्रम सोब र पारस खडकाले एक एक विकेट बाँड्नुभयो । खेलको म्यान अफ द् म्याच बाबर हायत घोषित हुनुभयो ।
जितसँगै पोखरा अङ्कतालिकाको शिर्ष स्थानमा उक्लिएको छ । उसले एक खेलबाट दुई अङ्क आर्जन गर्दा दोस्रो स्थानको धनगढीले समेत एक खेलबाट दुई अङ्क ल्याएको छ । पोखराले भने दुई खेलमध्ये एउटामा जित र अर्कोमा हार बेहोरेर दुई अङ्कसहित तेस्रो स्थानमा छन् । बुटबलले एक खेलमा जित हात पार्दै दुई अङ्क ल्याएर चौथो तथा बिराटनगरले पहिलो खेल हार्न पुग्दा अङ्कविहीन हुँदै पाँचौं र काठमाडौं वरियर्सले दुईमध्ये दुबैमा हार बेहोरेर पुछारमा छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?