एजेन्सी
काठमाडौं, पुस १ गते । दक्षिण अफ्रिकाले इंग्ल्याण्ड विरुद्धको टेष्ट श्रृखंलाका लागि छ जना नयाँ खेलाडीलाई अवसर दिएको छ । भारत विरुद्धको दुई म्याचको टेष्ट श्रृखंलामा नराम्ररी पराजय बेहोरेको दक्षिण अफ्रिकाले टोलीलाई सशक्त बनाउन छजना नयाँ अनुहारलाई अवसर दिन लागेको हो ।
क्रिकेट दक्षिण अफ्रिकाले पिटर मलान र रुडी सेकेण्ड छ नयाँ अनुहारमध्येका दुई हुन् । डेन पेटरसन, रस्सी भान डर दुस्सैन, बेरन हेन्ड्रीक्स र ड्वायन प्रिटोरियस अन्तर्राष्ट्रिय एकदिवसिय खेलेपनि टेष्टमा पहिलोपटक स्थान बनाएका छन् ।
क्रिकेट दक्षिण अफ्रिकाका चयनकत्र्ता लिन्डा जोन्डीले भन्नुभयो, “नयाँ अनुहारको संख्याले हाम्रो नीतिको प्रतिबिम्ब गर्छ, फ्रेञ्चाइज तहमा राम्रो गरेका खेलाडीको छनोट भएको हो ।”
१७ सदस्यीय टेष्ट टोलीको फाप डु प्लेसिसले नेतृत्व गर्नुहुनेछ । टोलीका अन्य सदस्यहरुमा तेम्बा बभुना, क्विन्टन डे कोक, डीन एल्गर, बेरन हेण्ड्रीक्स, केशव महाराज, पिटर मलान, एडन मरकर्रम, जुबैर हाज्मा हुनुहुन्छ । त्यसैगरी, एन्रिक नोर्जे, डेन पेटरसन, एन्डील फेहलुक्वायो, वर्णोन फिलन्डर, ड्वायन प्रिटोरियस, कगिसो रबाडा, रुडी सेकेण्ड, रस्सी भान डर दुस्सैन अटाएका छन् ।