logo
२०८१ मंसिर ८ शनिवार



कप्तान ज्ञानेन्द्रको विष्फोटक शतकीय पारीमा काठमाडौंको पहिलो जित

खेलकुद |


कप्तान ज्ञानेन्द्रको विष्फोटक शतकीय पारीमा काठमाडौंको पहिलो जित


गोरखापत्र अनलाइन
काठमाडौं, पुस २ गते । कप्तान ज्ञानेन्द्र मल्लको विष्फोटक पारीमा काठमाडौं गोल्डेन वरियर्सले धनगढी एक्स्पर्टमाथि १०६ रनको विशाल अन्तरको जित हात पारेको छ । पोखरा प्रिमियर लिगमा काठमाडौंको यो तेस्रो खेलमा पहिलो जित हो ।
पोखरामा जारी प्रिमियर लिगमा काठमाडौंले प्रस्तुत गरेको १८६ रनको लक्ष्य पछ्याउँदै धनगढी १६ ओभरमा मात्र ७९ रनमा समेटिन पुग्यो । १७ ओभरको खेलमा धनगढीको पारीका दुईजना ब्याट्सम्यानले मात्रै दोहोर योगफल जोड्न सक्यो । रोड्रिगो थोमसले १० तथा श्रीमन्थ विजयारत्नेले १५ रनको योगदान दिनुभयो । काठमाडौंका लागि बसन्त रेग्मीले सर्वाधिक तीन तथा सुबोध भाटी, पवन सर्राफले सामान दुई दुई तथा अमृत भट्टराई र सुशन भारीले सामान एक एक विकेट बाँड्नुभयो ।


यसअघि टस हारेर पहिला ब्याटिङ्ग गर्ने निम्ता पाएको काठमाडौंले शुन्य रनमै गौरव तोमारको रुपमा विकेट गुमाएपछि दबाबमा आएको थियो । जयकृष्ण कोल्सावलले ४६ रनको उत्कृष्ट योगदान गरेर पारीलाई स्थिरता दिनुभयो । अमित श्रेष्ठले ३४ रन बनाएर पेभेलियन फर्किदा क्रिजमा आउनुभएका कप्तान ज्ञानेन्द्र मल्लले विष्फोटक पारी खेल्दै शतक पुरा गर्नुभयो । सातौं ओभरमा ब्याटिङ्ग गर्न आउनुभएका मल्लले १७ औं ओभरसम्म मात्र ३८ बलको सामना गर्दै शतक लगाएर पेभेलियन फर्किनुभयो । कप्तान मल्लले मात्र ३७ बलको सामना गर्दै शतक लगाउनुभयो । उहाँले आफ्नो पारीमा ८ चौका र ९ छक्का लगाउनुभयो । पवन सर्राफ र आदिल खान अविजित रहनुभयो । सुबोध भाटी डक आउट हुनुभयो ।
धनगढीका लागि कमलसिंह ऐरीले सर्वाधिक चार तथा सागर ढकालले एक विकेट लिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?