logo
२०८१ मंसिर ८ शनिवार



आइपीएलको लिलामी प्रकृया सुरु, क्युमिन्स १५ करोडमा कलकत्तामा आबद्ध

खेलकुद |


आइपीएलको लिलामी प्रकृया सुरु, क्युमिन्स १५ करोडमा कलकत्तामा आबद्ध


गोरखापत्र अनलाइन
काठमाडौं, पुस ३ गते । इन्डियन प्रिमियर लिग आइपीएलमा कलकत्ता नाइट राइडर्सले अष्ट्रेलियाली क्रिकेटर प्याट्ट क्युमिन्सलाई १५ करोड ५० लाख भारतीय रुपियाँमा अनुबन्ध गरेको छ । अलराउन्डर क्युमिन्स तिब्र गतिका बलिङ्ग अलराउन्डर हुन् ।
भारतको कलकत्त मा जारी खेलाडीहरुको लिलामी प्रकृयामा ग्लेन म्याक्सवेल, क्रिष्टोफर मोरिस, सैम कर्रन, इयन मोर्गन, आरोन फिञ्च, रोबिन उथप्पा र क्रिस लिन अनुबन्ध भइसकेका छन् । म्याक्सवेललाई किंग्स एलेभन पञ्जाबले १० करोड ७५ लाखमा अनुबन्ध गरेको छ । मोरिसलाई रोयल च्यालेन्जर्स बैंग्लौरमा मोरिस १० करोडमा आबद्ध भएका छन् । चेन्नई सुपर किंग्सले इंग्ल्याण्डका अलराउन्डर कर्रनलाई पाँच करोड ५० लाखमा आबद्ध गराएका हुन् ।
ब्याट्सम्यान मोर्गनलाई कलकत्ता नाइट राइडर्सले पाँच करोड २५ लाखमा खरिद गरेका छन् । त्यसैगरी, आरोन फिञ्च चार करोड ४० लाख लिएर बैंग्लौरमा आबद्ध भएका छन् भने रोबिन उथप्पालाई राजस्थान रोयलले तीन करोडमा आबद्ध गरएको छ । क्रिस लिन्न दुई करोडमा मुम्बई इन्डियन्समा आबद्ध हुनुभएको छ ।
आइपीएलको आगामी संस्करणका लागि कुल ९९७ खेलाडी लिलामी प्रकृयामा समावेश गरिएको थियो । जसमध्ये ३३२ जना ‘शर्टलिस्ट’ गरिएको छ । आठ टोलीमा १८६ जना भारतीय क्रिकेटर, १४३ विदेशी र तीन एशोसिएट राष्ट्रका खेलाडी बिक्रि हुन खुला गरिएको छ ।
लिलामी प्रकृयामा सहभागी आठवटै टोलीमध्ये सबैभन्दा बढी किंग्स एलेभन पञ्जाबले ३१ करोड ९५ लाख खर्च गर्न पाउनेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?