logo
२०८१ मंसिर ८ शनिवार



बुटबलबाट पोखरा ८ विकेटले पराजित

खेलकुद |


बुटबलबाट पोखरा ८ विकेटले पराजित


गोरखापत्र अनलाइन
काठमाडौं, पुस ४ गते । बुटबल ब्लास्टर्सले पोखरामा जारी प्रिमियर लिग टी ट्वान्टी क्रिकेट प्रतियोगितामा पोखरा पल्टनलाई ८ विकेटले हराएको छ । पोखराले प्रस्तुत गरेको १२२ रनको लक्ष्य बुटबलले १४ ओभरमा मात्र दुई विकेटको क्षतिमा पुरा गरेको हो ।
पोखरामा जारी प्रिमियर लिगको आठौं खेलमा १२२ रनको लक्ष्य पछ्याएको बुटबलले मात्र दुई विकेटको क्षतिमा पुरा गर्यो । बुटबलको जितमा ओपनरद्वय शंकर राना र अफ्ताबुद्दिन अहमदले उत्कृष्ट सुरुवात गर्नुभयो । अफताबुद्दिनले ४६ बलको सामना गर्दै १२ चौका र दुई छक्काको सहयोगमा ७५ रनको पारी खेल्नुभयो । राना भने २३ बलमा १९ रन बनाएर पेभेलियन फर्किनुभयो । भिम सार्की १६ र हर्ष टङ्क छ रनमा अविजित रहनुभयो । पोखराका लागि प्रथमेश डाइक र राशिद खानले एक एक विकेट लिनुभयो ।
यसअघि टस हारेर पहिला ब्याटिङ्ग गर्ने निम्ता पाएको पोखराले कमजोर सुरुवातका बावजूद २० ओभरमा पाँच विकेटको क्षतिमा १२१ रनको औसत योगफल तयार गरेको थियो । ३२ रनमै चार विकेट गुमाएको पोखराको पारीलाई रबि इन्दर सिंह र प्रथमेश डाइकले औसत योगफलसम्म पुर्याउनुभयो । डाइक २० र सिंह ४५ रनमा अविजित रहनुभयो । बुटबलका लागि हर्ष टङ्कले दुई तथा ललितनारायण राजवंशी, शिवम सिंह र नितेश थापाले सामान एक एक विकेट लिनुभयो ।
अफताबुद्दिन खेलको म्यान अफ द् म्याच घोषित हुनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?