logo
२०८१ मंसिर ८ शनिवार



पाकिस्तान विरुद्ध पहिलो पारीमा श्रीलङ्कालाई ८० रनको अग्रता

खेलकुद |


पाकिस्तान विरुद्ध पहिलो पारीमा श्रीलङ्कालाई ८० रनको अग्रता


एजेन्सी
काठमाडौं, पुस ४ गते । श्रीलङ्काले पाकिस्तान विरुद्धको दोस्रो टेष्ट म्याचको पहिलो पारीमा ८० रनको अग्रता लिएको छ । पाकिस्तानले आफनो पहिलो पारीमा १९१ रन बनाएको थियो ।
दोस्रो दिनको खेल सम्पन्न हुँदा श्रीलङ्गाले आफ्नो पहिलो पारीमा २७१ रनको येगफल तयार गरेको छ । श्रीलङ्कालाई महत्वपूर्ण बढ्त दिलाउन दिनेश चन्डीमलले सर्वाधिक ७४ रनको योगदान दिनुभयो । दिलरुवान परेराले ४८ रनको योगदान दिनुभयो । पाकिस्तानका लागि शाहीन शाह अफ्रिदीले पाँच तथा मोहम्मद अब्बासले चार र हरिश सोहैलले एक विकेट लिनुभयो । अब्बासले टेष्ट क्रिकेटमा यो छैठौं पटक चार विकेट लिनुभयो ।
यसअघि कराँचीमा टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको पाकिस्तानले आफ्नो पहिलो पारीमा १९१ रन बनाएको थियो । पाकिस्तानका लागि बाबर आजमले ६० तथा अशद सफिकले ६३ रनको योगदान दिनुभयो । १० रनमै दुई विकेट गुमाएको पाकिस्तानलाई आजम र शफिकले स्थिरता दिने प्रयास गरेपनि पुछारका कुनै पनि ब्याट्सम्यानले दोहोरो योगफल जोडन नसक्दा ऊ १९१ रनको झिनो योगफलमा समेटिन पुग्यो । पाकिस्तानको पारीमा कप्तान अजहर अलीसहित तीन जना ब्याट्सम्यानले खाता समेत खोल्न सकेनन ।
श्रीलङ्काका लागि लहिरु कुमारा र लासिथ इम्बुल्देनियाँले सामान चार चार विकेट लिनुभयो । विश्वा फर्नान्डोले दुई विकेट लिनुभयो । पहिलो टेष्ट म्याच बराबरीमा सम्पन्न भएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?