अमरराज नहर्की
तनहुँ, पुस ५ गते । १३ औं दक्षिण एशियाली खेलकुद (साग)मा पदक विजेता अनु गुरुङलाई सम्मान गर्रिको छ । प्रतियोगिताको कराते खेलमा रजत पदक प्राप्त गर्न सफल तनहुँको बन्दिपुर गाउँपालिका–६ की अनु गुरुङलाई शनिबार दमौलीमा सम्मान गरिएको छ ।
नेपाल खेलाडी तथा प्रशिक्षक सङघ र नेपाल कराँते महासङ्घ तनहुँले सयुक्त रुपमा उहाँलाई सम्मान गरेको हो । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले खेलाडी अनुलाई राष्ट्रिय झण्डा ओढाएर प्रशंसापत्रद्वारा सम्मान गर्नुभयो । सो अवसरमा बोल्दै नगरप्रमुख न्यौपानेले करातेकी खेलाडी गुरुङले रजत पदक पाउँदा जिल्लाको सान र गौरव बढेको बताउनुभयो । सम्मानित अनुले आगामी १४औं दक्षिण एशियाली खेलकुदमा स्वर्ण पाउने गरी खेलकुदमा अगाडि बढ्ने बताउनुभयो ।
नेपाल खेलाडी तथा प्रशिक्षक सङघ तनहुँका अध्यक्ष मनिराज थापा मगर, नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष ओमकार आचार्य लगायतले अनुले करातेमा पदक पाउँदा तनहुँ जिल्लाकै शिर उचो भएको आगामी दिन खेल जीवनको थप सफलताको कामना गर्नु भएको थियो । सम्मान गर्नुपूर्व तनहुँको चेली अनुलाई दमौली बजारको परिक्रममा गराईएको थियो ।