logo
२०८१ मंसिर ८ शनिवार



आरिफ र सन्नी पटेलको विष्फोटक ब्याटिङ्गमा चितवनको चौथो जित

खेलकुद |


आरिफ र सन्नी पटेलको विष्फोटक ब्याटिङ्गमा चितवनको चौथो जित


गोरखापत्र अनलाइन
काठमाडौं, पुस ६ गते । पोखरा प्रिमियर लिग टी ट्वान्टी क्रिकेट प्रतियोगितामा चितवन राइनोजले लगातार चौथो जित हात पारेको छ । चितवनले चौथो खेलमा बिराटनगरलाई १८ रनले हरायो । लिग चरणमा चितवनले अब एक मात्रै खेल खेल्न बाँकी छ । उसले चार खेलबाट आड अङ्क जोडेको छ ।
पोखरामा जारी प्रिमियर लिगको ११ औं खेलमा चितवनले प्रस्तुत गरेको १४७ रनको लक्ष्य पछ्याउँदै बिराटनगरले १९ ओभरमा मात्र १२८ रनमा समेटियो । ३७ रनमै छ विकेट गुमाएको बिराटनगरलाई पुनित मेहरा र लोकेश बमले सातौं विकेटका लागि ७७ रनको साझेदारी गर्नुभयो । दुबैजनाले साझेदारी ११४ रनसम्म पुर्याउँदा मात्र बिराटनगरलाई जितका लागि १५ बलमा ३२ रन आवश्यक थियो । लोकेश बलमे मात्र ३६ बलको सामना गर्दै पाँच चौका र पाँच छक्काको सहयोगमा ६२ रन बटुल्नुभयो । पुनितले २६ बलमा २४ रन बनाउनुभयो । पुनित र लोकेश पेभेलियन फर्किए लगत्तै १२८ रनमा बिराटनगरको पारी खुम्चिन पुग्यो । नोमन खानले १८ रन बनाउँदा उसको पारीको आठजना ब्याट्सम्यानले दोहोरा योगफल समेत छुन सकेनन ।
यसअघि टस हारेर पहिला ब्याटिङ्ग गर्ने निम्ता पाएको चितवनले १३ रनमै रोहन मुम्तफाको रुपमा पहिलो विकेट गुमाएर कमजोर सुरुवात गर्न पुग्यो । कप्तान पारस खडकाले ३५ तथा बाबर हयातले २५ रनको योगदान गर्दा चितवनले अठारौं ओभरमा चार विकेटको क्षतिमा ९२ रन बनाएको थियो । अन्तिम १६ बलमा ५४ रन जोडेको आरिफ शेष र सन्नी पटेलको जोडी चितवनलाई ठूलो योगफलसम्म डोरयाउनुभयो । शेषले मात्र २२ बलमा तीन चौका र तीन छक्का लगाएर अविजित ३९ रन बनाउँदा पटेलले ८ बलमा २७ रनको योगदान दिनुभयो ।
बिराटनगरका जितेन्द्र मुखियाले १९ औं ओभरमा मात्र २७ रन खर्चिन पुगे । चितवनका लागि भुवन कार्की र करण केसीले सामान तीन विकेट तथा रोहन मुस्तफाले दुई र सन्नी पटेलले एक विकेट लिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?