एजेन्सी
काठमाडौं, पुस ६ गते । क्लब विश्वकपको फाइनल खेल लिभरपुलले जितेको छ । यूरोपेलि च्याम्पियन्स लिगको विजेता लिभरपुलले ब्राजिलको फ्लामेङ्गो क्लबलाई १–० ले पराजित गरेको हो ।
ब्राजिली खेलाडी रोबर्टो फिर्मिनोले अतिरिक्त समयमा गर्नुभएको एक मात्रै गोल कतारको खलिफा रङ्गशालामा लिभरपुललाई जित दिलाउन पर्याप्त भयो । उहाँले खेलको ९९ औं मिनेटमा गोल गर्नुभयो । सन् २००८ मा म्यान्चेष्टर यूनाइटेडले क्लब विश्वकपको उपाधि जितेपछि उक्त उपाधि जित्ने लिभरपुल दोस्रो इंग्लीश टोली हो । क्लब विश्वकपमा लिभरपुलको यो पहिलो उपाधि हो । जारी सिजनमा लिभरपुलले जितेको यो दोस्रो उपाधि हो । यसअघि अगस्ट महिनामा चेल्सीलाई पराजित गरेर लिभरपुलले यूइएफए सुपर कपको उपाधि जितेको थियो ।
सन् २००० मा सुरु भएको क्लब विश्वकप प्रतियोगिताको १३ संस्करणमा यूरोपेली क्लबले १२ पटक उपाधि जितेका छन् ।