logo
२०८१ मंसिर ८ शनिवार



रोमाञ्चक स्पर्धामा वेष्टइन्डिज विरुद्ध भारतलाई श्रृखंला

खेलकुद |


रोमाञ्चक स्पर्धामा वेष्टइन्डिज विरुद्ध भारतलाई श्रृखंला


एजेन्सी
काठमाडौं, पुस ७ गते । भारतले वेष्टइन्डिज विरुद्धको तीन म्याचको एकदिवसिय श्रृखंला २–१ ले जितेको छ । तेस्रो तथा अन्तिम अन्तर्राष्ट्रिय एकदिवसिय खेलमा अलराउण्डर रबिन्दर जडेजा र कप्तान विराट कोहलीले उत्कृष्ट पारी खेलेपछि उसले श्रृखंला आफ्नो पक्षमा पारेको हो ।
वेष्टइन्डिजले प्रस्तुत गरेको ३१६ रनको उच्च लक्ष्य पछ्याउँदै भारतले खेल सकिन ८ बल बाँकी छँदै मात्र ६ विकेटको क्षतिमा पुरा गर्यो । जितका लागि ६७ बलमा ८८ रन आवश्यक रहेको स्थितिमा भारत दबाबमा आएको थियो । भारतको योगफल २२८ रनमा पाँच विकेट गुमाएको अवस्थाबाट कप्तान कोहली र जडेजाले संयमित पारी खेल्दै जित नजिक पुर्याए । तर जितका लागि तीन ओभरमा ३० रन आवश्यक रहदा कप्तान कोहली ८५ रन बनाएर पेभेलियन फर्किनुभयो । बिगत् पाँच वर्षमा कप्तान कोहली लक्ष्य पछ्याउने क्रममा ८० रनभन्दा माथिको ब्यक्तिगत् योगफल बनाएर शतक लगाउनबाट पहिलोपटक चुक्नुभयो ।
भारतीय पारीमा एक मात्र परिचित ब्याट्सम्यान रबिन्दर जडेजा क्रिजमा हुनुहुन्थ्यो । तर संयमित पारी खेल्दै श्रद्धुल ठाकुरले जडेजासँगै भारतलाई जितसम्म डोरयाउनुभयो । ४८ औं ओभरमा शेल्डन कोट्रेललाई ठाकुरले छक्का र चौका लगाउँदै १५ रन बटुलेपछि भारत रोमाञ्चक खेलमा सहज अवस्थामा पुगेको थियो । किमो पौलको ४९ औं ओभरमा जितका लागि सात रन आवश्यक रहँदा रबिन्दर जडेजाले उक्त रन पुरा गर्दै भारतलाई जित दिलाउनुभयो । जडेजाले ३१ बलमा अविजित ३९ रनको योगदान दिनुभयो । ठाकुर सात बलमा १७ रन बनाउनुभयो ।
यसअघि ओपनर रोहित शर्मा र लोकेश राहुलले पहिलो विकेटका लागि १२२ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिनुभएको थियो । रोहितले ६३ तथा राहुलले ७७ रनको योगदान दिनुभयो । मध्यक्रममा ऋषभ पन्त, श्रेयास ऐयर र केदार जाधव सस्तोमै पेभेलियन फर्किदा भारत दबाबमा आएको थियो ।
वेष्टइन्डिजका लागि किमो पौलले सर्वाधिक तीन तथा शेल्डन कोट्रेल, जैसन होल्डर र अल्जारी जोसेफले एक एक विकेट लिनुभयो ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ्ग गर्ने निम्ता पाएको पाहुना टोली वेष्टइन्डिजले कमजोर सुरुवातका बावजूद ५० ओभरमा मात्र ५ विकेटको क्षतिमा ३१५ रनको उच्च योगफल तयार गरेको थियो । वेष्टइन्डिजका लागि निकोलास पूरनले सर्वाधिक ८९ रनको योगदान दिदा क्यारन पोलार्ड मात्र ५१ बलमा ७४ रन बनाएर अविजित रहनुभयो । वेष्टइन्डिजले अन्तिम दश ओभरमा १०० रनभन्दा बढी जोडेको थियो ।
भारतका लागि नवदीप सैनीले दुई तथा श्रद्धुल ठाकुर, मोहम्मद सामी र रबिन्दर जडेजाले सामान एक एक विकेट लिनुभयो ।
कोहली खेलको म्यान अफ द् म्याच तथा रोहित शर्मा म्यान अफ द् सेरिज घोषित हुनुभयो । श्रृखंलाको पहिलो खेल वेष्टइन्डिजले जितेको थियो भने दोस्रो र तेस्रो खेल भारतले जितेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?