logo
२०८१ मंसिर ८ शनिवार



पारसको चितवनद्वारा ज्ञानेन्द्रको काठमाडौं समक्ष १६८ रनको लक्ष्य प्रस्तुत

खेलकुद |


पारसको चितवनद्वारा ज्ञानेन्द्रको काठमाडौं समक्ष १६८ रनको लक्ष्य प्रस्तुत


गोरखापत्र अनलाइन
काठमाडौं, पुस ८ गते । पोखरामा जारी प्रिमियर लिग टी ट्वान्टी खेलमा चितवनले काठमाडौं समक्ष १६८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खडकाको नेतृत्व रहेको चितवन वरियर्सले राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्ल नेतृत्वको काठमाडौं समक्ष १६८ रनको उच्च लक्ष्य प्रस्तुत गरेको हो । चितवनले २० ओभरमा मात्र चार विकेटको क्षतिमा १६७ रनको योगफल तयार गर्यो ।
रोहन मुस्तफा र बाबर हयातले उत्कृष्ट अद्र्धशतकीय पारी खेलेपछि चितवनले काठमाडौं समक्ष ठूलो योगफलको लक्ष्य प्रस्तुत गर्न सफल भएको हो । रोहनले ५९ रनको योगदान दिनुभयो । हयातले मात्र ४७ बलमा तीन चौका र छ छक्काको सहयोगमा ७० रन बनाएर पेभेलियन फर्किनुभयो । आरिफ शेषले ९ बलमा १५ रनको योगदान दिएर पेभेलियन फर्किनुभयो । सन्नी पटेल पारीको अन्तिम बलमा रन आउट हुनु अघि ८ बलमा १५ रन बनाउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?