गोरखापत्र अनलाइन
काठमाडौं, पुस १० गते । सहिद स्मारक ए डिभिजन लिगमा मनाङ मस्र्याङ्दी क्लबले ब्रिगेड ब्याइज क्लबलाई १–० ले हराएको छ । जारी लिगमा मनाङको लगातार यो तेस्रो जित हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न खेलमा मनाङले पहिलो हाफमा गोल गर्दै १–० को अग्रता लियो । मनाङका लागि जगजित श्रेष्ठले २५ औं मिनेटमा गर्नुभएको गोल नै मनाङलाई ब्रिगेड ब्वाइजको जितका लागि पर्याप्त रह्यो ।
जितसँगै मनाङ अङ्क तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । बुधबार मच्छिन्द्र क्लबले गोल अन्तरमा पछि पारेपछि मनाङ दोस्रो स्थानमा झरेको थियो ।