logo
२०८१ मंसिर ८ शनिवार



नेपाल पुलिसको पहिलो जित, सरस्वती क्लब पराजित

खेलकुद |


नेपाल पुलिसको पहिलो जित, सरस्वती क्लब पराजित


गोरखापत्र अनलाइन
काठमाडौं, पुस ११ गते । नेपाल पुलिस क्लबले सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित हात पारेको छ । पुलिसले शुक्रबार सम्पन्न खेलमा सरस्वतीय युथ क्लबलाई २–० ले हराएको छ ।
काठमाडौंमा जारी डिभिजन लिगको आफ्नो तेस्रो खेलमा पुलिसलाई जित दिलाउन सुमन लामा र भोला सिलवालले एक एक गोल गर्नुभयो । सुमन लामाले खेलको ४६ औं मिनेटमा पहिलो गोल गर्नुहुँदै पुलिसलाई १–० को अग्रता दिलाउनुभयो । दोस्रो हाफमा करीब आधा घण्टासम्म दुबै टोलीले कुनै गोल गर्न सकेनन । ७९ औं मिनेटमा सुमन लामाको पासमा भोलाले गर्नुभएको प्रहार गोलमा परिणत भयो । र पुलिसको अग्रता २–० भयो ।
पहिलो हाफको इन्ज्युरी समयमा दोहोरो पहेंलो कार्डपछि रातो कार्ड खाएर अञ्जन राई मैदानबाट बाहिरिदा पुलिस १० खेलाडीमा सीमित भएको थियो ।
तीन खेलमा पहिलो जित हात पारेको पुलिस क्लब चार अङ्क बटुलेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?