logo
२०८१ मंसिर ८ शनिवार



अष्ट्रेलियाको न्युजिल्याण्डमाथि २४७ रनको जित

खेलकुद |


अष्ट्रेलियाको न्युजिल्याण्डमाथि २४७ रनको जित


एजेन्सी
काठमाडौं, पुस १३ गते । अष्ट्रेलियाले न्युजिल्याण्ड विरुद्धको दोस्रो टेष्ट खेल २४७ रनले जितेको छ । जितसँगै अष्ट्रेलियाले तीन म्याचको टेष्ट श्रृखंलामा २–० को अग्रता लिएको हो ।
अष्ट्रेलियाले प्रस्तुत गरेको ४८८ रनको लक्ष्य पछ्याउँदै न्युजिल्याण्ड चौथो दिनमा दोस्रो पारीमा मात्र २४० रनमा समेटिएपछि उसले ठूलो अन्तरको हार बेहोर्नुपरेको हो ।
पहिलो पारीमा ३१९ रनको अग्रता पाएको अष्ट्रेलियाले दोस्रो पारी पाँच विकेटको क्षतिमा १६८ रनमा घोषणा गर्दै न्युजिल्याण्ड समक्ष ४८८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । न्युजिल्याण्डका लागि दोस्रो पारीमा टोम ब्ल्न्डेलले शतकीय पारी खेलेपनि हारबाट जोगाउन सक्नुभएन । न्युजिल्याण्ड पारीको अन्य कुनै पनि ब्याट्सम्यानले अद्र्धशतक समेत लगाउन सकेनन । अष्ट्रेलियाको जितमा नाथन लियोनले सर्वाधिक चार तथा जेम्स पेट्टिन्सनले तीन र मार्नस लबुस्नेले एक विकेट लिनुभयो ।
यसअघि टस हारेर पहिला ब्याटिङ्ग गर्ने निम्ता पाएको अष्ट्रेलियाले आफ्नो पहिलो पारीमा ४६७ रनको उच्च योगफल तयार गरेको थियो । ट्राभिस हेडले ११४ तथा स्टिभ स्मिथले ८५, मार्नस लबुस्नेले ६३ र कप्तान टिम पैनले ७९ रनको योगदान दिनुभयो । न्युजिल्याण्डका लागि नैल वाग्नरले सर्वाधिक चार तथा टिम साऊदीले तीन तथा कोलिन डे ग्राण्डहमले दुई र ट्रेन्ट बौल्टले एक विकेट लिनुभयो ।
जवाबमा न्युजिल्याण्ड आफ्नो पहिलो पारीमा मात्र १४८ रनमा समेटियो । टोम लाथमको अद्र्धशतकीय पारी अतिरिक्त अन्य कुनै पनि ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन । न्युजिल्याण्डलाई सस्तोमै समेटन प्याट्ट क्युमिन्सले सर्वाधिक पाँच तथा मिसेल स्टार्कले दुई र जेम्स पेट्टिन्सनले तीन विकेट लिनुभयो ।
ट्राभिस हेड खेलको म्यान अफ द् म्याच घोषित हुनुभयो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?