logo
२०८१ मंसिर ८ शनिवार



एन्डी मर्रे अष्ट्रेलियन ओपन नखेल्ने

खेलकुद |


एन्डी मर्रे अष्ट्रेलियन ओपन नखेल्ने


एजेन्सी
काठमाडौं, पुस १३ गते । बेलायतका एन्डी मर्रे आगामी महिना सुरु हुने अष्ट्रेलियन ओपनबाट बाहिरिनुभएको छ । तीन पटकको ग्रान्ड स्ल्याम विजेता ३२ वर्षीय मर्रे मेलबर्नमा उत्रेको करीब एक वर्षपछि पुरुष एकल स्पर्धामा उत्रिन लाग्नुभएको थियो । तर कट्टीमा समस्या आएपछि उहाँले अष्ट्रेलियन ओपनबाट बाहिरिने निर्णयमा पुग्नुभएको बीबीसीले जनाएको छ ।
उहाँले आगामी महिना सुरु हुने एटीपी कपमा समेत सहभागी नहुने जनाइएको छ । मेलबर्नमा खेल्नुअघि नै उहाँले चोटपटकको कारण आफ्नो टेनिस जीवन उत्तराद्र्धमा पुगेको प्रतिक्रिया दिनुभएको थियो । टेनिसमा साबिकमा शिर्ष वरियतामा पुगेका मर्रेले एघार महिना अघि कट्टीको शल्यक्रिया गराउनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?