logo
२०८१ मंसिर ८ शनिवार



टेष्ट क्रिकेट चार दिनमा सीमित गर्ने आईसीसीको तयारी

खेलकुद |


टेष्ट क्रिकेट चार दिनमा सीमित गर्ने आईसीसीको तयारी


एजेन्सी काठमाडौं, पुस १४ गते । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आई सी सी)ले विश्व टेष्ट च्याम्पियनशिपका खेलहरु चार दिवसिय बनाउने तयारी गरेको छ । सदस्य राष्ट्रहरुबीच टेष्ट खेलको अवधि घटाउने सम्बन्धमा छलफल चलिरहँदा आईसीसीले वर्ष २०२३ पछि टेष्ट खेल चार दिनमा सिमित गर्ने तयारी सुरु गरेको हो । विश्व क्रिकेटमा बदलिदो स्वरुपले गर्दा खेलाडी ब्यस्त हुँदा आईसीसीमाथि टेष्ट क्रिकेट छोट्याउन दबाब पर्दै आएको छ । खेलाडी र सदस्य राष्ट्रहरुमा फ्रेन्चाइज लिग, अन्तर्राष्ट्रिय एकदिवसिय खेलको ब्यस्त तालिकाले आईसीसीमाथि त्यस्ता लिग क्रिकेटको लागि कार्यक्रम बनाउन दबाब पर्दै आएको छ । जुन दबाबलाई सम्बोधन गर्न आईसीसीले टेष्ट क्रिकेटको समयावधि छोट्याउने विकल्पमाथिको छलफललाई निर्णायक बनाउने तयारी गरेको हो । वर्ष २०१५ देखि २०२३ सम्मको आईसीसीको वार्षिक तालिकामा पाँच दिने टेष्ट खेललाई चार दिनमा सिमित गरे ३३५ दिन घट्ने देखिन्छ । तर केही सदस्य राष्ट्रका खेलाडीले भने आईसीसीको उक्त विकल्पको विपक्षमा देखिएका छन् । यद्दपी आईसीसीले आफ्नो वार्षिक तालिकामा चार दिने टेष्ट खेललाई अटाइसकेको छ । दक्षिण अफ्रिका, जिम्बाबवे, इंग्ल्याण्ड र आयरल्याण्डले चार दिने टेष्ट खेलको तालिकामा सहमति जनाइसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?