एजेन्सी
काठमाडौं, पुस १४ गते । क्रिकेट अष्ट्रेलियाले भारत विरुद्धको एकदिवसिय श्रृखंलाका लागि डार्सी शर्टलाई टिममा स्थान दिएको छ । तिब्र गतिका बलिङ्ग अलराउन्डर सीन अबोट्ट घाईते भएपछि उहाँको स्थानमा डार्सीले टिममा स्थान बनाउनुभएको हो ।
घरेलु क्रिकेटमा सिड्नी सिक्सरको लागि शनिबार टी ट्वान्टी खेल्ने क्रममा अबोट्ट घाईते भएपछि भारत विरुद्धको एकदिवसिय श्रृखंला गुमाउने देखिएपछि उहाँको स्थान डार्सीलाई बोलाइएको हो । सिड्नी सिक्सरको लागि बलिङ्ग गर्दै सिड्नी थन्डर विरुद्ध अबोट्टले २८ रन खर्चेर दुई विकेट लिनुभएको थियो । जुन खेल सिक्सरले जितेको थियो ।
क्रिकेट अष्ट्रेलियाका प्रवक्ता ट्राभर हन्सले वक्तब्य जारी गर्नुहुँदै अन्तर्राष्ट्रिय एकदिवसिय विश्वकप र टी ट्वान्टी विश्वकपमा अष्ट्रेलियाको प्रतिनिधित्व गर्नुभएका अबोट्ट भारत विरुद्धको श्रृखंलामा टिममा नहुनु दुखद भएको बताउनुभएको छ ।
उता डार्सी शर्ट भने बिग बैश लिगको तीन खेलमा दुई अद्र्धशतक लगाउनुका साथै १२० रन बनाउनुभएको छ । यसअघि उहाँले चार अन्तर्राष्ट्रिय एकदिवसिय म्याच खेल्नुभएको छ ।
भारत र अष्ट्रेलियाबीचको तीन म्याचको श्रृखंलाको पहिलो अन्तर्राष्ट्रिय एकदिवसिय खेल आगामी जनवरी १४ मा मुम्बईमा खेलाइनेछ ।