logo
२०८१ मंसिर ८ शनिवार



भारत विरुद्धको टी ट्वान्टीमा एन्जेलो म्याथ्युजको वापसी

खेलकुद |


भारत विरुद्धको टी ट्वान्टीमा एन्जेलो म्याथ्युजको वापसी


एजेन्सी
काठमाडौं, पुस १७ गते । अलराउण्डर एन्जेलो म्याथ्युज भारत विरुद्धको टी ट्वान्टी श्रृखंलाका लागि वापसी गर्नुभएको छ । श्रीलङ्काले तीन म्याचको टी ट्वान्टी श्रृखंलाको पहिलो म्याच आईतबार खेल्नेछ ।
अलराउण्डर एन्जेलो म्याथ्युज करीब १६ महिनापछि श्रीलङ्काली टी ट्वान्टी टोलीमा वापसी गर्नुभएको हो । उहाँले यसअघि श्रीलङ्काली टोलीको नेतृत्व गर्नुहुँदै दक्षिण अफ्रिका विरुद्ध २०१८ को अगष्टमा आफ्नो अन्तिम टी ट्वान्टी म्याच खेल्नुभएको थियो । जसमा उहाँ ‘डक आउट’ हुनुभएको थियो । घाइते भएर टी ट्वान्टी नियमित हुन नसकेका म्याथ्युज पछिल्ला वर्षहरुमा अन्तर्राष्ट्रिय एकदिवसिय र र टेष्ट खेलमा नियमित रुपमा विशेषज्ञ ब्याट्सम्यानको रुपमा टिममा स्थान पाउँदै आएका छन् ।
नोभेम्बरमा अष्ट्रेलिया विरुद्धको टी ट्वान्टी म्याच खेल्नुभएका तिब्र गतिका बलर नुवान प्रदीप घाइते भएपछि कसुन रजिताले स्थान पाउनुभएको छ । धनञ्जय डी सिल्भा अतिरिक्त खेलाडीको रुपमा टोलीमा वापसी गर्नुभएको छ । लासिथ मलिंगा कप्तान रहने टोलीमा दनुष्का गुनतिल्का, अविष्का फर्नान्डो, दासुन शनाका, कुसल परेरा, निरोशन डिकवाला, इसुरु उदाना, भानुका राजपाक्षेले स्थान सुनिश्चित गर्नुभएको छ ।
त्यसैगरी ओशादा फर्नान्डो, वनिन्दु हसरङ्गा, लहिरु कुमारा, कुशल मेन्डिस, लक्षण सन्दाकन र कसुन रजाताले श्रीलङ्काले चयन गरेको १६ सदस्यमा परेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?