logo
२०८१ मंसिर ८ शनिवार



एपीएफको पहिलो जित

खेलकुद |


एपीएफको पहिलो जित


गोरखापत्र अनलाइन
काठमाडौं, पुस १७ गते । नेपाल एपीएफ क्लबले सहिद स्मारक ए डिभिजन लिगमा पहिलो खेल जितेको छ । एपीएफले सरस्वती क्लबलाई २–१ ले हराएको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न खेलमा पहिलो हाफ गोरहीत बराबरीमा सम्पन्न भएपनि दोस्रो हाफमा एपीएफले दुई गोल गरेको खेल आफ्नो पक्षमा पार्यो । आशिष तामाङले ६३ औं मिनेटमा पहिलो गोल गरेर एपीएफलाई खेलमा १–० को अग्रता दिलाउनुभयो ।
८६ औं मिनेटमा मनिष घलेको पेनाल्टी बक्स बाहिरको शक्तिशाली प्रहार पोलमा लागेर फर्किदा सरस्वतीले बराबरीको मौका गुमायो । इन्ज्युरी समयको दोस्रो मिनेटमा आशिषले दोस्रो गोल गर्दा एपीएफले अग्रता दोब्बर पार्यो । लगत्तै विनोद केसीले सरस्वीतका लागि गोल फर्काएपनि हार टार्न सक्नुभएन ।
प्रतियोगितामा चौथो राउण्डको खेल चलिरहँदा एपीएफले मात्र चार अङ्क जोडेको छ । चार खेलमध्ये उसले एकमा जित, एक बराबर र दुईमा हार बेहोरेको छ । ऊ तालिकाको ११ औं स्थानमा उक्लेको छ । अङ्कविहीन सरस्वती भने पुछारमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?