logo
२०८१ मंसिर ८ शनिवार



लबुस्नेको दोहारा शतकमा अष्ट्रेलियाको गतिलो प्रदर्शन

खेलकुद |


लबुस्नेको दोहारा शतकमा अष्ट्रेलियाको गतिलो प्रदर्शन


एजेन्सी
काठमाडौं, पुस १९ गते । न्युजिल्याण्ड विरुद्धको तेस्रो तथा अन्मित टेष्ट खेलको पहिलो पारीमा अष्ट्रेलियाले ४५४ रनको औसत योगफल तयार गरेको छ । मार्नस लबुस्नेले दोहोरो शतक लगाएपछि अष्ट्रेलियाले औसत योगफल तयार गर्न सफल भएको हो ।
जवाबमा दोस्रो दिन नै पहिलो पारीको सुरुवात गरेको न्युजिल्याण्डले ६३ रन जोडेको छ । ओपनरद्वय टोम लाथम र टोम ब्लुन्डेलले ३४ रन बनाएर आइतबार तेस्रो दिनको खेल अगाडि बढाउनुहुनेछ । पहिलो पारीमा पाहुना टोली अझै ३९१ रनले पछाडि रहेको छ ।
यसअघि सिड्नीमा टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको अष्ट्रेलियाले ३९ रनमै जोय बन्र्सको रुपमा पहिलो विकेट गुमाउन पुग्दा कमजोर सुरुवात गर्न पुगेको थियो । देवीड वार्नर ४५ रन बनाएर पेभेलियन फर्किदा ९५ रनमा दुई विकेट गुमाएको अष्ट्रेलियाको पारीलाई मार्नस लबुस्नेले स्टिभ स्मिथसँग तेस्रो विकेटको लागि १५६ रनको साझेदारी गरेर स्थिरता प्रदान गर्नुभयो । स्मिथ ६३ रन बनाएर पेभेलियन फर्किनुभयो । यद्दपी लबुस्नेले अर्को छेऊबाट उत्कृष्ट पारी खेल्नुहुँदै २१५ रनमा आउट हुनुअघि अष्ट्रेलियाको योगफल ४१६ रनसम्म पुर्याउनुभयो ।
न्युजिल्याण्डका लागि कोलिन डे ग्राण्डहम र नैल वाग्नेरले सामान तीन तीन विकेट लिनुभयो । टोड आस्लेले दुई तथा म्याट हेनरी र विलियम समरभिलले एक एक विकेट लिनुभयो । तीन म्याचको टेष्ट श्रृखंलामा अष्ट्रेलियाले पहिलो दुई खेल जितेर २–० को अग्रता लिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?