logo
२०८१ मंसिर ८ शनिवार



दक्षिण अफ्रिका विरुद्ध इंग्ल्याण्ड पहिलो पारीमा २६९ रनमा समेटियो

खेलकुद |


दक्षिण अफ्रिका विरुद्ध इंग्ल्याण्ड पहिलो पारीमा २६९ रनमा समेटियो


एजेन्सी
काठमाडौं, पुस १९ गते । दक्षिण अफ्रिकाले दोस्रो टेष्ट खेलको पहिलो पारीमा इंग्ल्याण्डलाई २६९ रनको सामान्य योगफलमा समेटेको छ । जवाबमा दक्षिण अफ्रिकाले गतिलो सुरुवात गरेको छ । उसले दोस्रो दिनको खेलमा पहिलो पारी सुरु गर्दा दुई ओभरमा १७ रन जोडेको छ । डीन एल्गन र पिटर मलानले दक्षिण अफ्रिकी पारीको सुरुवात गर्नुभएको हो ।
यसअघि नौ विकेटको क्षतिमा २६९ रनबाट दोस्रो दिनको खेल सुरु गरेको इंग्ल्याण्डले कुनै रन जोड्न नपाउँदै समेटिन पुग्यो । टस जितेर ब्याटिङ्ग गर्न रोजेको इंग्ल्याण्डका लागि ओली पेपेले बनाउनुभएको अविजित ६१ रन नै सर्वाधिक ब्यक्तिगत् योगफल रहन गयो । छैठौं स्थानमा ब्याटिङ्ग गर्न आउनुभएका पेपेलाई अन्य कुनै ब्याट्सम्यानले संयमित पारी खेलेर सघाउन नसक्दा ऊ सामान्य योगफलमा समेटिएको हो । बेन स्टोक्स ४७ र जोय डेन्लीले ३८ रनको योगदान दिनुभयो । कप्तान जोइ रुट ३५ रन बनाएर एनरिक नोर्जेको बलमा विकेटपछाडि क्विन्टन डे ककलाई क्याच थमाउनुभयो ।
दक्षिण अफ्रिकी बलरहरुमा कगिसो रबाडाले सर्वाधिक तीन विकेट लिनुभयो । वर्णोन फिलन्डर, एनरिक नोर्जे र डेनियल प्रिटोरियसले दुई दुई विकेट बाँड्दा केशव महाराजले एक विकेट लिनुभयो । पहिलो टेष्ट खेल दक्षिण अफ्रिकाले जितेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?