logo
२०८१ मंसिर ८ शनिवार



फुटबल खेल्न इंग्ल्याण्डका क्रिकेटरलाई बन्देज

खेलकुद |


फुटबल खेल्न इंग्ल्याण्डका क्रिकेटरलाई बन्देज


एजेन्सी
काठमाडौं, पुस २० गते । इंग्ल्याण्ड क्रिकेट टोलीले प्रशिक्षण र अभ्यासको क्रममा आफ्नो क्रिकेटरलाई फुटबल खेल्न बन्देज लगाएको छ । एकपछि अर्को खेलाडी अभ्यासको क्रममा फुटबल खेल्दा घाइते हुन लाग्दा इंग्ल्याण्डले यस्तो निर्णय लिएको हो ।
इंग्ल्याण्ड क्रिकेट टोलीका प्रशिक्षक क्रिस सिल्भरऊड र आश्ले जाइल्सले उक्त निर्णय लिएको बताइएको छ । पछिल्लोपटक रोरी बन्र्स अभ्यासको क्रममा फुटबल खेल्दा घाइते हुनुभयो । बिहीबार प्रशिक्षणको क्रममा उहाँको खुट्टाको जोर्नीको लिगामेन्टमा क्षति पुगेको थियो । जसले गर्दा उहाँ दक्षिण अफ्रिका विरुद्धको दोस्रो टेष्टबाट बाहिरिन पुग्नुभयो । वर्ष २०१८ मा जोनी बैरिस्टले पनि श्रीलङ्कामा अभ्यासको क्रममा फुटबल खेल्दा घाइते हुन पुग्नुभएको थियो । जोय डेन्ली र जेम्स एन्डरसन समेत घाइते हुनुभएको थियो ।
जाइल्सले विश्वकप क्रिकेट २०१९ अघि नै बन्देज लगाउन चाहनुभएको थियो । तर टोलीका सिनियर खेलाडीले फुटबल अभ्यासले खेलाडीबीच हार्दिकता र सामीप्यता बढ्नुका साथै खेल भावनामा बाँध्न आवश्यक रहने बताउँदै विश्वकपपछि उक्त निर्णय लिन सुझाएको थियो । पछिल्लो बन्र्स घाइते हुन पुगेको अवसर छोपेर प्रशिक्षक जाइल्स र सिल्भरऊडले फुटबल खेल्न बन्देज लगाएका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?