एजेन्सी
काठमाडौं, पुस २० गते । अष्ट्रेलियाले न्युजिल्याण्ड विरुद्धको तेस्रो तथा अन्तिम टेष्ट खेलको पहिलो पारीमा २०३ रनको अग्रता लिएको छ । अष्ट्रेलियाले पहिलो पारीमा तयार गरेको ४५४ रनको जवाबमा न्युजिल्याण्डले पहिलो पारीमा २५१ रनमा समेटिएको हो ।
तेस्रो दिनको खेल सकिनु अघि आफ्नो दोस्रो पारीको सुरुवात गरेको अष्ट्रेलियाले ४० रन जोडेको छ । उसको लागि देवीड वार्नरले २३ र जोय बन्र्सले १६ रनबाट सोमबार चौथो दिनको खेल अगाडि बढाउनुहुनेछ । घरेलु टोलीले दिनको खेल सकिदासम्म २४३ रनको अग्रता लिएको हो ।
यसअघि बिना कुनै विकेटको क्षतिमा ६३ रनबाट तेस्रो दिनको खेल अगाडि बढाएको न्युजिल्याण्ड आफ्नो पहिलो पारी २५३ रनमा समेटियो । ओपनर टोम लाथमको ३४ तथा ग्लेन फिलिप्सको ५२ रन अतिरिक्त न्युजिल्याण्डका अन्य कुनै पनि ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन । पाहुना टोलीलाई सस्तोमै समेटन अष्ट्रेलियाका नाथन लियोनले सर्वाधिक पाँच तथा प्याट्ट क्युमिन्सले तीन र मिसेल स्टार्कले एक विकेट लिनुभयो ।
यसअघि टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको अष्ट्रेलियाले मार्नस लबुस्नेको पहिलो दोहोरा शतकको सहयोगमा पहिलो पारीमा ४५४ रनको उच्च योगफल तयार गरेको थियो । उहाँले २१५ रन बनाउनुभयो ।
न्युजिल्याण्डका लागि कोलीन डे ग्राण्डहम र नैल वाग्नरले सामान तीन तीन तथा टोड आश्ले र म्याट हेनरी एवम् विलियम समरभिलले सामान एक एक विकेट लिनुभयो ।