logo
२०८१ मंसिर ८ शनिवार



दक्षिण अफ्रिका समक्ष ४३८ रनको लक्ष्य

खेलकुद |


दक्षिण अफ्रिका समक्ष ४३८ रनको लक्ष्य


एजेन्सी
काठमाडौं, पुस २२ गते । इंग्ल्याण्डले दोस्रो टेष्ट खेलमा घरेलु टोली दक्षिण अफ्रिका समक्ष ४३८ रनको उच्च लक्ष्य प्रस्तुत गरेको छ । जवाबमा दक्षिण अफ्रिकाले औसत सुरुवात गरेको छ ।
मङ्गलबार पाँचौं दिनको खेल उसले दुई विकेटको क्षतिमा १२६ रनबाट अगाडि बढाउनेछ । चौथो दिन उसले ५६ ओभर खेल्दा मात्र दुई विकेट गुमाएको छ । जितका लागि उसलाई अझै ३१२ रन आवश्यक रहेको छ । दक्षिण अफ्रिका समक्ष ९० ओभर खेल्न बाँकी छ भने उसको ८ विकेटको मात्रै बाँकी छ । उसका लागि ओपनर पिटर मलानले ६३ तथा केशव महाराजले दुई रनको ब्यक्तिगत् योगफलबाट दिनको खेल अगाडि बढाउनेछन् । अर्का ओपनर डीन एल्गर ३४ रन बनाएर पेभेलियन फर्किदा जुबैर हाम्जा १८ रनमै पेभेलियन फर्किनुभयो । इंग्ल्याण्डले सातजना बलर लगाएपनि दक्षिण अफ्रिकाको दुई विकेट मात्रै लिन सफल भयो । जेम्स एन्डरसन र जोय डेन्लीले एक एक विकेट लिनुभयो ।
यसअघि केपटाउनमा टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको इंग्ल्याण्डले आफ्नो पहिलो पारीमा २६९ रन बनाएको थियो । ओली पोपले अविजित रहँदै ६१ रनको योगदान दिनुभयो ।
अफ्रिकी बलरहरुमा कगिसो रबाडाले तीन तथा वर्णोन फिलन्डर, डेनियल प्रिटोरियस र एन्रीक नोर्जेले सामान दुई दुई विकेट लिनुभयो । केशव महाराजले एक विकेट लिनुभयो ।
दक्षिण अफ्रिकाका लागि डीन एल्गरले सर्वाधिक ८८ तथा भान डर दुस्सैनले ६८ रनको योगदान दिदा उसले पहिलो पारीमा २२३ रन बनायो । यद्दपी ऊ इंग्ल्याण्डबाट पहिलो पारीमा ४६ रनले पछाडि पर्यो । इंग्ल्याण्डलाई महत्वपूर्ण बढत दिलाउन जेम्स एन्डरसनले सर्वाधिक पाँच विकेट लिनुभयो । जवाबमा इंग्ल्याण्डले आफ्नो दोस्रो पारी आठ विकेटको क्षतिमा ३९१ रनमा घोषणा गर्दै घरेलु टोली समक्ष ४३८ रनको लक्ष्य प्रस्तुत गर्यो । इंग्ल्याण्डका लागि डोम सिब्लीले अविजित रहँदै १३३ रनको योगदान दिदा जोय रुटले ६१ तथा बेन्न स्टक्सले ७२ रन बनाउनुभयो ।
दुई म्याचको टेष्ट श्रृखंलामा दक्षिण अफ्रिकाले १–० को अग्रता लिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?