गोरखापत्र अनलाइन
काठमाडौं, पुस २२ गते । नेपाल क्रिकेट संघले कार्यालय स्थापना गर्न जिल्ला र प्रदेशका लागि बजेट विनियोजन गरेको छ । जिल्लालाई एक एक लाख र प्रदेशलाई तीन तीन लाख बजेट छुट्याइएको संघले जनाएको छ ।
संघको काठमाडौं मूलपानीमा बसेको बैठकले विश्वकप लिग डिभिजन दुई अन्तगर्त नेपालले आयोजना गर्न लागेको त्रिकोणात्मक श्रृखंलाका लागि तयारी सुरु गर्ने निर्णय गरेको छ । नेपालले फेबु्रअरी चारदेखि अमेरिका र ओमान सम्मिलित त्रिकोणात्मक श्रृखंला खेल्दैछ । श्रृखंलाका सबै खेलहरु कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा हुनेछ । तीनै टोलीले अभ्यासका लागि मूलपानीस्थित निर्माणाधीन रङ्गशाला प्रयोग गर्ने संघले जनाएको छ ।
त्यसैगरी, संघको बैठकले दैनिक कार्य सम्पादनको लागि पदाधिकारी सम्मिलित पाँच सदस्यीय कार्य सम्पादन समिति गठन गरेको छ । समितिमा अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष राजुबाबु श्रेष्ठ, सचिब अशोकनाथ प्याकुरेल, कोषाध्यक्ष रोशनकुमार सिंह र केन्द्रीय सदस्य अमीतवीर पाण्डे छन् ।