एजेन्सी
काठमाडौं, पुस २४ गते । माउरो इकार्डीले हयाट्रिक गोल गरेपछि पैरिस सैन्ट जर्माइन फ्रेन्च लिग कपको सेमीफाइनलमा पुगेको छ । सैन्ट जर्माइनले सैन्ट ए चिनीमाथि ६–१ को विशाल अन्तरको जित हात पार्यो ।
इन्टर मिलानबाट ऋणमा सैन्ट जर्माइनमा आबद्ध हुनुभएका इकार्डीले खेल सुरु भएको दोस्रो मिनेटमा नै गोल गरेर १–० को अग्रता दिलाउनुभयो । ३१ औं मिनेटमा एन्जेल डी मारियालाई फौल गर्दा वेस्ली फोफना बाहिरिएपछि सैन्ट ए चिनी १० खेलाडीमा सीमित हुन पुग्यो । ४० औं मिनेटमा नेयमारको चलाखीपूर्ण प्रहारले पैरिस सैन्ट जर्माइनको अग्रतालाई दोब्बर पार्यो ।
एन्जेल डी मारियाले दुई डिफेन्डरको बीच भएर सैन्ट ए चिनीको गोल पोष्टमा प्रहार गर्दा सैन्ट जर्माइनले खेलमा ३–० को अवस्थामा पुर्यायो ।
दोस्रो हाफमा खेल एकतर्फी हुन पुग्यो । म्बाप्पेले तयार गर्नुभएको बलमा इकार्डीले थप दुई गोल गरेपछि पैरिस सैन्ट जर्माइनले गोल संख्या ५ पुर्यायो । आठ पटकको लिग कप विजेता पैरिस सैन्ट जर्माइनमा आबद्ध भए यता इकार्डीले १९ खेलमा १७ गोल गर्नुभएको छ ।