logo
२०८१ मंसिर ८ शनिवार



भारतलाई टी ट्वान्टी श्रृखंला

खेलकुद |


भारतलाई टी ट्वान्टी श्रृखंला


एजेन्सी
काठमाडौं, पुस २६ गते । तेस्रो तथा अन्तिम टी ट्वान्टी खेलमा उत्कृष्ट प्रदर्शन गर्दै भारतले श्रीलङ्का विरुद्धको तीन म्याचको टी ट्वान्टी श्रृखंला २–० ले जितेको छ । पहिलो टी ट्वान्टी खेल वर्षाले रद्द हुन पुग्दा भारतले दोस्रो र तेस्रो टी ट्वान्टी खेल सहजै जितेको हो ।
भातरले प्रस्तुत गरेको २०२ रनको लक्ष्य पछ्याउने क्रममा श्रीलङ्काले १५.५ ओभरमा मात्र १२३ रनमा समेटियो । श्रीलङ्काली पारीका आठजना ब्याट्सम्यानले दोहोरा योगफल समेत छुन सकेनन । श्रीलङ्काका लागि धनञ्जय डी सिल्भाले अद्र्धशतकीय पारी खेलेपनि टोलीलाई जित दिलाउन उहाँको प्रयास अपर्याप्त भयो । करीब दुईवर्षपछि टी ट्वान्टी स्वरुपमा फर्किनुभएका एन्जेलो म्याथ्युजले ३१ रनको योगदान दिनुभयो । ७८ रनको जित दिलाउन भारतीय बलर नवदीप सैनीले सर्वाधिक तीन तथा श्रद्धुल ठाकुर र वाशिंगटन सुन्दरले सामान दुई दुई विकेट लिनुभयो । जसप्रित बुमराहले एक विकेट लिनुभयो ।
यसअघि पुणेमा टस हारेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको भारतले उत्कृष्ट सुरुवात गर्दै पुरा २० ओभर खेलेर छ विकेटको क्षतिमा २०१ रनको योगफल तयार गर्यो । ओपनर शिखर धवन र लोकेश राहुलले पहिलो विकेटका लागि ९७ रनको साझेदारी गर्नुभयो । धवनले ३६ बलमा ५२ रन बनाएर पेभेलियन फर्किदा राहुलले ५२ बलमा ५४ रनको उत्कृष्ट पारी खेल्नुभयो । विकेटकीपर सञ्जु सैम्सनले छ तथा मनिष पाण्डेले अविजित ३१ रनको योगदान दिनुभयो । छैठौं नम्बरमा ब्याटिङ्ग गर्न आउनुभएका कप्तान विराट कोहली १८ औं ओभरमा रन आउट हुनुअघि २६ रन बनाउनुभयो । श्रद्धुल ठाकुरले मात्र ८ बलमा २२ रन बनाएर अविजित रहनुभयो ।
श्रीलङ्काका लागि कप्तान लासिथ मलिङ्गा, एन्जेल म्याथ्युज र धनञ्जय डी सिल्भा विकेटविहीन हुँदा लखन सन्दाकनले सर्वाधिक तीन विकेट लिनुभयो ।
खेलको म्यान अफ द् म्याच नवदीप सैनी घोषित हुँदै म्यान अफ द् सेरिज श्रद्धुल ठाकुर घोषित हुनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?