logo
२०८१ मंसिर ८ शनिवार



रिक्की पोन्टिङ्ग र शेन वार्न फेरी क्रिकेट मैदानमा उत्रिने

खेलकुद |


रिक्की पोन्टिङ्ग र शेन वार्न फेरी क्रिकेट मैदानमा उत्रिने


एजेन्सी
काठमाडौं, पुस २७ गते । विश्व क्रिकेटका दुईजना महान क्रिकेटर सन्यास लिएको करीब एक दशकपछि क्रिकेट मैदानमा उत्रिने भएका छन् । अष्ट्रेलियाका पूर्व कप्तान रिक्की पोन्टिङ्ग र लेग स्पीनर शेन वार्न क्रिकेट ग्राउन्डमा छुट्टाछुट्टै टोलीको नेतृत्व गर्नेछन् ।
अष्ट्रेलियामा डढेलोको प्रकोपका पीडितहरुको राहत कोषलाई सशक्त बनाउन दुबैजना ‘च्यारिटि म्याच’ खेल्न लागेका हुन् । उक्त खेल फेब्रुअरी ८ का दिन हुने लगभग तय मानिएको छ । ‘च्यारिटि म्याच’ अष्ट्रेलियामा जारी बिग बैश लिगको फाइनल हुने दिन नै तय गरिएको छ । तर बिग बैश लिगको फाइनल हुनुभन्दा केही घण्टा अगाडि उक्त रङ्गशालामै ‘च्यारिटि म्याच’ आयोजना गरिने क्रिकेट अष्ट्रेलियाले जनाएको छ ।
क्रिकेट अष्ट्रेलियाले बिग बैश लिगको फाइनल खेलको पुरै नाफा पनि राहत कोषमा जमा गर्ने घोषणा गरिसकेको छ । यसअघि अष्ट्रेलियामा ‘च्यारिटि म्याच’ सन् २००५ मा खेलाइएको थियो । सुनामी पीडितमा समर्पित उक्त खेल हेर्न ७० हजार १०१ जना दर्शक क्रिकेट रङ्गशाला प्रवेश गरेका थिए । जसबाट करीब एक करोड ४५ लाख अष्ट्रेलियन डलर संकलन गरिएको थियो ।
जस्टिन लैंगर, एड्म गिलक्रिष्ट, ब्रेट ली, शेन वाट्सन, एलेक्स ब्ल्याकवेल र माइकल क्लार्कले उपलब्ध हुने सुनिश्चित गरिसकेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?