logo
२०८१ मंसिर ८ शनिवार



पेनाल्टी शूटआउटमा स्पैनिसक कपको उपाधि रियल मड्रिडले उचाल्यो

खेलकुद |


पेनाल्टी शूटआउटमा स्पैनिसक कपको उपाधि रियल मड्रिडले उचाल्यो


एजेन्सी
कठमाडौं, पुस २८ गते । सर्जिओ रामोसले निर्णायक गोल गरेपछि रियल मड्रिडले स्पैनिस सुपर कपको उपाधि उचालेको छ । अत्यन्तै रोमाञ्चक एवम् तनाबपूर्ण स्पर्धामा रियल मड्रिडले पेनाल्टी शूट आउटमा एटलेटिकोमाथि जित हात पार्न सफल भयो ।
सऊदी अरबको जेहादस्थित किङ्ग अब्दुल्लाह स्पोर्ट्स सिटीमा आइतबार अबेर राति सम्पन्न खेल निर्धारित समयमा कुनै गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा पनि गोलरहित बराबरी खेलेपछि दुबै टोली नतिजाका लागि पेनाल्टी शूटआउटमा गयो । जसमा रियल मड्रिडले एटलेटिकोमाथि ४–१ को जित हात पारेको हो । जितसँगै रियलले स्पैनिस सुपर कपको उपाधि उचाल्न सफल भयो ।
पेनाल्टीमा रियलका ड्यानियल कार्भाहल, रोड्रिगो, लुका मोड्रिक र कप्तान सर्जिओ रामोसको प्रहार गोलमा परिणत भयो । एटलेटिकाका लागि किरियन ट्रिपियरले मात्रै गोल गर्न भ्याउनुभयो । कार्भाहलको प्रहार गोलमा परिणत हुँदा एट्लेटिकाका सालको प्रहार बाहिरिएको थियो । रोड्रिगोले गोल गर्दा थोमसको प्रहार रियलका गोलरक्षक थिवाउट कार्टुवाले बचाउनुभयो । लुका मोड्रिकले गर्नुभएको प्रहार गोलमा परिणत हुँदा रियल मड्रिड ३–० ले अगाडि बढ्यो । किरियन ट्रिपियरले गर्नुभएको प्रहार गोलमा परिणत भएपनि एटलेटिको पेनाल्टी शूटआउटमा धेरै पछाडि परिसकेको थियो । कप्तान सर्जिओ रामोसले अन्तिम प्रहारलाई गोलमा परिणत गर्नुहुँदै रियल मड्रिडलाई स्पैनिस सुपर कपको उपाधि दिलाउनुभयो ।
एटलेटिको मड्रिड सेमीफाइलनमा बार्सिलोनालाई जितेर फाइनलमा उपाधिको लागि स्थान सुनिश्चित गरेको थियो । अतिरिक्त समयमा फेडेरिको भाल्भ्रेडले अल्भारो मोराटालाई लडाएपछि रियल मड्रिड दश खेलाडीमा सिमित भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?