एजेन्सी
काठमाडौं, पुस २८ गते । बार्सिलोनाका फरवार्ड लुईस सौरेज चार महिनाका लागि मैदान बाहिर रहने हुनुभएको छ । घुँडाको शल्यक्रिया गर्नुपर्ने भएपछि उहाँ चार महिना मैदान बाहिर रहनुहुनेछ ।
ऊरुग्वेका स्ट्राइकर सौरेजको दाहिने घुँडामा चोट लागेपछि शल्यक्रिया गर्नुपर्ने भएको स्पैनका विशेषज्ञ डाक्टर रामोन क्यूगटले जानकारी दिनुभयो । स्पैनिस सुपर कपको सेमीफाइनलमा एटलेटिको मड्रिडसँग ३–२ ले पराजित हुँदा बार्सिलोनाका सौरेजले अन्तिमसम्म खेल्नुभएको थियो । उक्त खेल शुक्रबार सऊदी अबरमा खेलाइएको थियो ।
३२ वर्षीय सौरेजले २३ खेलमा १४ गोल गर्नुभएको छ । ला लिगाको विजेता बार्सिलोना रियल मड्रिडसँगै स्पैनिस लिगको शिर्ष स्थानमा रहेको छ ।