logo
२०८१ मंसिर ८ शनिवार



न्युजिल्याण्ड विरुद्धको टी ट्वान्टीका लागि भारतीय टोलीको घोषणा

खेलकुद |


न्युजिल्याण्ड विरुद्धको टी ट्वान्टीका लागि भारतीय टोलीको घोषणा


एजेन्सी
काठमाडौं, पुस २८ गते । रोहित शर्मा र मोहम्मद सामी न्युजिल्याण्ड विरुद्धको टी ट्वान्टी श्रृखंलाको लागि भारतीय टोलीमा वापसी गर्नुभएको छ । न्युजिल्याण्ड विरुद्धको पाँच म्याचको टी ट्वान्टी श्रृखंलाको पहिलो खेल जनवरी २४ मा हुनेछ ।
श्रीलङ्का विरुद्धको तीन म्याचको टी ट्वान्टी श्रृखंलामा रोहित शर्मालाई विश्राम दिइएको थियो । टोलीमा मोहम्मद शामीले पनि वापसी गर्नुभएको छ । शामी, जुलाइ २०१७ पछि डिसेम्बर २०१९ मा वेष्टइन्डिज विरुद्धको खेलमा पहिलोपटक टी ट्वान्टी टोलीमा सहभागी हुनुभएको थियो । श्रीलङ्का विरुद्धको टोलीमा अटाएका विकेटकीपर ब्याट्सम्यान सञ्जु सैम्सनलाई बाहिर पठाइएको छ ।
न्युजिल्याण्ड विरुद्धको श्रृखंलाका लागि भारतले जसप्रित बुमराह, नवदीप सैनीसँगै मोहम्मद शामीको तिकडीलाई मैदानमा उतार्नेछ । श्रीलङ्का विरुद्ध दुई खेलमा पाँच विकेटसँगै ब्याटिङ्गमा समेत उत्कृष्ट प्रदर्शन गर्नुभएका तीब्र गतिका बलर श्रद्धुल ठाकुर टोलीमा स्थान पाउनुभएको छ । मध्यम गतिका बलर शिवम दुबे विकल्पका रुपमा रहनुहुनेछ । 
शर्माको वापसी र शिखर धवन टोलीमा पर्नुले भारतले ओपनरको रुपमा अर्को विकल्प पाएको छ । लोकेश राहुल यसअघि नै ओपनरको रुपमा उत्कृष्ट प्रदर्शन गर्नुभएको छ । रबिन्दर जडेजा, वाशिंटन सुन्दर, युज्वेन्द्र चाहल र कुलदीप यादब स्पिनरको रुपमा टोलीमा स्थान बनाएका छन् ।
विराट कोहलीको नेतृत्वमा घोषित टोलीका अन्य सदस्यहरुमा श्रेयस एैयर, मनिष पाण्डे, ऋषभ पन्त, शिवम दुबे रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?