logo
२०८१ मंसिर ८ शनिवार



म्यान्चेष्टर यूनाइटेडको प्रशिक्षण मध्यपूर्वमा नहुने

खेलकुद |


म्यान्चेष्टर यूनाइटेडको प्रशिक्षण मध्यपूर्वमा नहुने


एजेन्सी
काठमाडौं, माघ १ गते । म्यान्चेष्टर यूनाइटेडले जाडो विदामा खेलाडीको प्रशिक्षण खाडी राष्ट्रमा नगर्ने जनाएको छ । यूनाइटेडले सुरक्षाको कारण देखाउँदै खाडी राष्ट्रमा प्रशिक्षणका लागि खेलाडी नलग्ने प्रष्ट्याएको हो ।
म्यान्चेष्टर यूनाइटेडको फेब्रुअरी एक देखि १६ सम्म कुनै स्पर्धा छैन् । यूनाइटेडका व्यवस्थापक ओले गत्रर सोल्सजरले प्रशिक्षण क्याम्पका लागि खेलाडीलाई बोलाउनु अघि केही दिन आराम दिने योजना बनाउनुभएको छ । प्रशिक्षणका लागि कतार र दुबई यूनाइटेडको सूचीमा छ । अघिल्लो वर्ष जनवरीमा सोल्सजरले खेलाडीलाई प्रशिक्षणको लागि यू ए ईको दुबई लग्नुभएको थियो ।
यूनाइटेडले जाडो सत्रमा खेलाडीको प्रशिक्षणका लागि कतारको दोहास्थित एस्पायर एकेड्मी समेत प्रयोग गरेको थियो ।
इरानका कमाण्डर कसिम सुलेमानीको अमेरिकी ड्रोन आक्रमणमा इराकमा हत्या हुनु र इरानले भुलवश यूक्रेनी विमानमाथि क्षेप्यास्त्र प्रहार गरेपछि खाडी राष्ट्रमा तनाब बढेको छ । “मध्यपूर्वमा सोचेका थियौं, तर अब सम्भव रहेन”, भन्नुहुँदै सोल्सजरले खेलाडीलाई सम्भवतः यूरोपको कुनै शहरमा प्रशिक्षण गराइने बताउनुभयो ।
यसअघि सुलेमानीको हत्यापछि फुटबल अमेरिकाले पनि आफ्नो पूर्व निर्धारित कतारमा अभ्यास र प्रशिक्षणको कार्यक्रम स्थगित गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?