एजेन्सी
काठमाडौं, माघ २ गते । भारतीय विकेटकीपर ब्याट्सम्यान ऋषभ पन्त अष्ट्रेलिया विरुद्धको दोस्रो अन्तर्राष्ट्रिय एकदिवसिय खेलबाट बाहिरिनु भएको छ । पहिलो अन्तर्राष्ट्रिय एकदिवसिय खेलको क्रममा मस्तिष्कमा चोट लागेपछि पन्त उपचारार्थ हुनुहुन्छ । तेस्रो खेलमा पनि उहाँको सहभागीता सुनिश्चित भइसकेको छैन् ।
पहिलो अन्तर्राष्ट्रिय एकदिवसिय खेलमा २२ वर्षीय पन्त ब्याटिङ्ग गरिरहँदा अष्ट्रेलियाली तिब्र गतिका बलर प्याट्ट क्युमिन्सको बाउन्सरमा ४४ औं ओभरमा घाइते हुनुभएको थियो । पन्तले उक्त खेलमा ३३ बलमा २८ रन बनाएर ब्याटिङ्ग गरिरहँदा घाइते हुनुभयो ।
भारतले फिल्डिङ्गको क्रममा लोकेश राहुलले विकेटकीपिङ्ग गर्नुभयो । उहाँको स्थानमा अन्य कुनै खेलाडीलाई भारतीय क्रिकेट कन्ट्रोल बोर्डले ल्याएको छैन् । जसले गर्दा श्रृखंलाको अन्य खेलहरुमा पनि लोकेश राहुलले नै विकेटकीपिङ्गको जिम्मेवारी निर्वाह गर्नुहुनेछ ।